तपसी बाबा मन्दिरमा मधेश मिडिया मिसनको जिल्ला अधिवेशन भब्य रुपले सम्पन्न
नेपालगन्ज, १ फागुन – मधेश मिडिया मिसन नेपाल बाँके शाखाको जिल्ला अधिवेशन तथा वनभोज कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।पर्यटनलाई बढावा दिने उद्देश्यका साथ मधेश मिडिया मिसन नेपाल बाँके शाखाद्वारा आयोजना गरिएको जिल्ला अधिवेशन डुडुवा गाउँपालिका वडा नं. ५ कम्दी स्थित धार्मिक स्थल श्री सत्यराम तपसी बाबा मन्दिर प्रा·णमा भब्य रुपले सम्पन्न गरिएको हो ।अवधी क्षेत्र, अवधी भाषा, अवधी सांस्कार लगायत आफ्नै कारणले पछाडी परेको भनाई राख्दै उद्घाटन सत्रका विशिष्ट अतिथि तथा संस्थाका सल्लाहकार नन्दलाल वैश्यले अब हामी अवधी क्षेत्रलाई बढावा दिन आफ्नो आसपास भए रहेका धार्मिक स्थल, अवधी भाषा, अवधी सांस्कारलाई विभिन्न सञ्चारमाध्यम मार्फत जनमानस माझ प्रस्तुत गर्नु पर्ने बताउनुभयो ।
यस तपसी बाबा मन्दिरमा कार्यक्रमको आयोजना गरी मधेश मिडिया मिसनले सराहनीय कार्य गरेको हुँदा अन्य गैर सरकारी, सामाजिक संघ संस्थाहरुले ...









