Sunday, May 31सत्यम खबर
Shadow

नेपालगन्जमा लाठी खेललाई विकास र बिस्तार गरिने

नेपालगन्ज, ३ भाद्र – नेपालगन्जमा लाठी खेललाई विकास र विस्तार गर्ने उद्देश्यसहित जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ ।

स्पोर्ट्स क्लबको शनिवार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको छ । स्पोर्ट्स क्लब हिन्दु परम्परा अनुसार आत्म रक्षाका साथै विजयादशमी पर्वमा विभिन्न कला झल्काउने उद्देश्यका साथ खेलप्रेमी युवाहरूकाे उपस्थिति तथा नेपालगन्ज उप महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समीरप्रताप सिंहको प्रमुख अतिथ्यिमा जय माँ ज्वाला शक्ति केन्द्र स्पाेर्ट क्लबकाे उद्घाटन गरिएकाे छ ।

प्रमुख प्रशिक्षक अनिल वैश्यले दैनिक उपस्थित युवाहरूलाई प्रशिक्षण दिने बताउँदै उक्त कला मार्फत आत्मरक्षा गर्नुका साथै अध्यात्म ज्ञान बारे समेत जानकारी गराउनु भयाे ।

उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि तथा समाजसेवि माधव राम वर्मा, स्पाेर्ट क्लबका अध्यक्ष प्रवेश सिंह, सचिव अर्जुन जैसवाल सदस्यहरू अजय कश्यप, मुकेश गुप्ता, उत्तम वैश्य, शिवकुमार लोध, सुजित गुप्ता, ललित सोनी, सुरेन्द्रसिंह बडिया, सुनिल केवट, राहुल साेनी, शुभम गुप्ता, भानु वर्मालगायतकाे सहभागिता रहेकाे थियाे ।

क्लब उद्घाटनकै अवसरमा कार्यक्रममा उपस्थित पत्रकार चन्द्रेश्वर राज त्रिपाठी र सम्पूर्ण अतिथिहरूलाई सम्मान गर्नुका साथै देवी दुर्गाकाे पुजा गरि प्रसाद वितरण गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *