अन्टाद्वारा एक सय थान पि.पि. किट र एक हजार जनालाई निःशुल्क भोजनको सहयोग
नेपालगन्ज, २७ बैशाख – कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट विश्व आक्रान्त भएको बेला बाँके पनि कहाँ अछुतो रहन सक्नु हो । खास गरी बाँकेको केन्द्र मानिएकाे नेपालगन्ज उपमहानगरपालिका भित्र हाल कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट अवस्था भयावाह रहेको पाईन्छ ।यस्तो भयावाह अवस्थामा भेरी अस्पतालमा दैनिक ३ सय ५० थान अक्सिजन ग्यास खपत भईरहेको छ भने भेरी अस्पताल कै प्राङ्गणमा सञ्चालन रहेको अन्जनी माता रसोईमा दैनिक ३–४ सय जनाले बिहान र साँझको खाना खाने गरेका छन् ।
भेरी अस्पतालमा दैनिक ३ सयको हाराहारीमा रहेका बिरामीहरुको चापलाई ध्यानमा राखी उनीहरुको सेवामा दिनरात नभनी सेवारत रहेका डाक्टर र नर्सहरुको सुरक्षाका लागि अन्टाद्वारा १ सय थान पि.पि.ई. किट अवधी पत्रकार संघ नेपाल जिल्ला शाखाको समन्वयमा हस्तान्तरण गरिएको छ ।पि.पि.ई. किट उपलब्ध गराईएकोप्रति अन्टालाई धन्यवाद ज्ञापन गर्दै प्रमुख जिल्ला अधिकारी शिव...









