नेपालगन्जमा क्षमाप्रार्थना तथा महायज्ञ
नेपालगन्ज, ९ जेष्ठ - काेभिड-१९ काेराेना भाईरसबाट विश्व त्राहीत्राही गरिरहेकाे बेला नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा क्षमाप्रार्थना तथा महायज्ञ गरिएकाे छ ।
वडा नम्बर ८ नेपालगन्ज एकलैनी स्थित माता महाकालीको मन्दिरमा शानिबार सांझ ६ बजे कोरोना महामारीको रोकथामका लागि माता महाकाली क्षमाप्रार्थना तथा महायज्ञ गरिएको छ ।
बाँके जिल्ला तथा देशभर कोरोना महामारी बढेकोले महामारीबाट जिल्ला, देश वा समुदायलाई सुरक्षित राख्न क्षमाप्रार्थना तथा महायज्ञको कार्यक्रमलाई जय श्रीराम लाठी क्लबले आयोजना गरेको थियो । लाठी क्लबका पदाधिकारीहरुको सहयोगमा क्षमा पुजा तथा महायज्ञ समापन भएको थियो ।
क्षमाप्राथना तथा महायज्ञ कार्यक्रम स्थानीय अगुवा रमेशचन्द्र कुमालको संयोजकत्वमा सम्पन्न भएको थियो । यसैगरी कुमालले सो अवसरमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गरेका छ्न् ।...









