‘जो चोर उसकै ठूलो सोर’ : नरैनापुरको शिक्षा क्षेत्र माफियाहरुको फन्दामा, पैसाको ठूलो चलखेल (फोटोफिचरसहित)
नेपालगन्ज, १५ जेठ – ‘कंही नभएको जात्रा हाँडी गाउँमा’ भने जस्तै हाल नरैनापुर गाउँपालिका भित्र देखिएको छ । विषय शिक्षा सम्बन्धी विवाद रहेको थियो । एक पक्षले नेपाल राष्ट्रिय आधारभूत विद्यालय खोदावामा शिक्षक भर्ना क्रममा विद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको भन्दै विरोध जनाउँदै अभिभावक, शिक्षाप्रेमीहरुले शिक्षा शाखा नरैनापुरमा तालाबन्दी गरेका थिए ।सोही विषयलाई समाधान गर्न कता हो कता थप शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले आफ्नो बल प्रयोग गर्दै आफू मतहतमा रहेका विद्यालय शिक्षकहरुद्वारा नै ताला तोडफोड गर्न लगाई थप समस्या बल्झाएका छन् ।
त्यति मात्रले पनि नभएर नरैनापुर गाउँपालिकाका कर्मचारीहरुले छुट्टै मिटि· बसी अनिश्चित कालसम्म गाउँपालिका भित्र रहेको सम्पूर्ण वडाहरुको कामकाज नै ठप्प गर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । यी प्रकरणले समेत बुझ्न सजिलो भएको...









