नेपालगन्ज, ८ जेठ – बाँके जिल्लाको विभिन्न पालिकामा रहेका साहूहरुको समाज साहू समाज समिति नेपालगन्जको वार्षिक साधारणसभा तथा अभिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ‘समाजमा रहने विभिन्न व्यक्तिहरुको सामाजिक विकासमा निकै ठूलो महत्व राख्ने गठित समाजहरुको नेतृत्व चयनमा होस अथाव अन्य विषयमा छलफल गर्दा राजनिति विषय हावी हुनु हँुदैन, जसले समाजको आफ्नो गरिमा घट्ने तथा कमजोर बन्ने हुन्छ’ बताउनु भएको छ ।
साहू समाज समिति बाँकेका अध्यक्ष हंशराम साहूको अध्यक्षतामा, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
साहू समाज समितिका सहसचिव प्रदीप साह द्वारा सञ्चालित कार्यक्रममा साहू समाज समितिका सदस्य तथा मिथिला सेवा समाजका अध्यक्ष रामलोचन साहले साहू समाज समितिले हाल सम्म गर्दै आएका कामका बारेमा प्रकाश पारेका थिए ।
यसरी बिशिष्ट अतिथि तथा समाजसेवी माधवराम वर्माले साहुू समाजले सामाजिक स्तरमा समेत विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै भने, ‘व्यक्तिगत भन्दा पनि साहू समाजले नेपालगन्जको समाजलाई केही दिने उद्देश्यका साथ आफ्नै भवन तथा मन्दिरहरु निर्माण गर्दै आएको हुँदा सामाजिक भूमिका राम्रो देखेको छु ।’
यसैगरी समितिका सदस्य हरिश साहूले साहू समाजमा युवा तथा महिला समाज समिति समेत रहेको हुँदा महिला तथा युवाहरुको भूमिकालाई राज्य स्तरबाट समेत हेर्नु पर्ने बताएका थिए । कार्यक्रममा समितिका सदस्य प्रहलाद (प्रेमलाल) साहूले स्वागत मन्तव्य गरेको थिए ।
वार्षिक साधारणसभा तथा अभिवेशनले नवौं पटक सर्व सम्मतले हंशराम साहू पुनः अध्यक्ष पदमा सर्व सम्मतले निर्वाचित गरेको छ ।
समाजका कानूनी सल्लाहकार तथा निर्वाचन अधिकृत अधिवक्ता रामनाथ साहूका अनुसार हंशसराम साहू अध्यक्षको अध्यक्षतामा साहू समाज समितिको ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा मोतीलाल साहु, सचिवमा प्रदीप साहु, सहसचिवमा संमुखिया साहु र कोषाध्यक्षमा रामदीन साहु (पेशकार) निर्वाचित भएका छन ।
यसैगरी समाजको कार्यसमिति सदस्यहरुमा प्रहलाद साहू ( प्रेमलाल), शंकर शाह, राजेन्द्र साहु, कन्धई लाल साहू, रामजानकी साहू र राजकुमारी साहू सर्वसम्मतले निर्वाचित भएका छन् ।
सो कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई समाजका कानूनी सल्लाहकार तथा निर्वाचन अधिकृत (अधिवक्ता) रामनाथ साहूले शपथ ग्रहण गराउँदै खादा सहित प्रमाण–पत्र बितरण गर्नुभएको थियो । समाजका अध्यक्ष हंशराम साहूले निर्वाचन अधिकृत (अधिवक्ता) रामनाथ साहू, निर्वाचन समितिका सदस्य समाजसेवी माधवराम वर्मा र पवन जायसवाललाई खादा ओढाएर प्रमाणपत्र बितरण गर्नु भएको थियो ।
कार्यक्रममा समाजका अग्रज सूरज साहू, मेडईलाल साहू, शिवप्रसाद साहू, शालिकराम साहू, राधा कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिमलकुमार साहू, रामनाथ साहू बाबुराम साहू पेन्टर लगायतले प्रमाण बितरण गरेका थिए ।
कार्यक्रममा अतिथिमा हलचल फाउण्डेशन नेपालगन्जका अध्यक्ष राजाबाबु लखेर, अम्मरनाथ साहूको सहभागिता रहेको थियो । सोही दिन दिनभरि भण्डारा चलेको थियो । समाजका सचिव प्रदीप साहले बताएका छन् ।