Thursday, February 13सत्यम खबर
Shadow

भारत–नेपाल होली मिलन समारोह सम्पन्न (फोटोफिचरसहित)

नेपलागन्ज, १९ चैत – भारत–नेपाल होली मिलन समारोह भारतको उत्तर प्रदेश श्रावस्ती जिल्ला शंकर नगर कोटियामा भब्यता साथ मनाईएको छ ।
भारत नेपाल होली मिलन समारोहमा नेपाल–भारतका सद्भाव प्रेमी महानुभावहरुको सहभागिता रहेको होली मिलन समारोहमा नेपालबाट डुडुवा गाउँपालिकामा रहेको सागर ई.मि. स्कुलका छात्रछात्राहरुले नेपाली भाषाको गीतमा साँस्कृतिक प्रस्तुत गरेका थिए ।
यसैगरी भारत छात्रछात्राहरुले परम्परागत होलीको साँस्कृति झल्कीने खालको गीत प्रस्तुत गर्दै नाचगान गर्नुका साथै होली गीतमा होली खेलेर मनाएका छन् ।


भारत नेपाल होली मिलन समारोहका प्रमुख अतिथि मा. सहविभाग संघ चालक बहराईच विभागका कृष्णानन्दले दुबै देशको खानपान, रहनसहन, धार्मिक परम्परा, मान्यता, भेषभुष, भाषा आदि एउटा भएता पनि देश छुट्टाछुट्टै भएको हुँदा छिमेकीहरुसित पनि आपसी भाईचारा, सद्भावप्रेम, बढाउन यस्तो खोली कार्यक्रमको आयोजना समय समयमा गरिरहनु पर्ने बताउँदै सहभागी सबैमा होलीको शुभकामना व्यक्त गरेका थिए ।


त्यसैगरी नेपालबाट सहभागी हिन्दु स्वयंसेवक संघ लुम्बिनी प्रदेश सदस्य एवं विशिष्ट अतिथि अधिवक्ता रामकुमार दीक्षितले नेपाल–भारतको रोटीबेटीको सम्बन्ध माता सीता तथा रामको कालदेखि चलिआएको भएतापनि त्यसलाई थप सुमुधुर बनाउन दुबै देशका नागरिकहरु प्रयासरत हुनुका साथै १९६० अगावै नेपालको ४ जिल्ला भारतको अंग भएको तथा त्यसपछि उपहार स्वरुप नेपालको प्रदान गरेको भनाई राख्दै होलीको यस पावन अवसरमा भारत–नेपालको होली मिलन समारोहले सर्थकता पाउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुत गरिएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला शिक्षक कार्य प्रमुख राष्ट्रिय स्वयं संघ श्रावस्तीका राजकुमार सिंह चौहानले गरेका थिए ।


कार्यक्रममा नरैनापुर गाउँपालिका जिन्सी शाखा प्रमुख भरत महतो, सन्तोषकुमार श्रीवास्तव, विश्व हिन्दु परिषद सिरसियाका उपाध्यक्ष राजकुमार यादव, वनवासी कल्याण आश्रमका जिल्ला खेल प्रमुख विश्वपाल राना, संस्कार भारती संगठन मन्त्री अवध प्रान्तका दिनेशकुमार सिंह, सत्यम्खबर डटकमका चन्द्रेश्वरराज त्रिपाठी, भेरी एफएमका प्रमुख सम्वाददाता नन्दलाल साहु, विहिप नरैनापुरका अध्यक्ष प्रमोदकुमार शर्मालगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *