Tuesday, October 22सत्यम खबर
Shadow

विहिप नरैनापुरकाे शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

नरैनापुर, १९ असाेज – विश्व हिन्दू परिषद नरैनापुरले आज शनिबार नरैनापुर -०५ स्थित ऐतिहासिक करारी दास बाबा आश्रम (बड़ी कुट्टी) मा एक कार्यक्रमको आयोजना गरी विजयादशमी, शुभ दीपावली, भाई टीका तथा छठ पर्वको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व हिन्दू परिषद नरैनापुरका अध्यक्ष प्रमोदकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बाँके क्षेत्र नं. ०१ का प्रतिनिधि सभा सदस्य माननीय सूर्यप्रसाद ढकाल र अतिथिहरूमा हिन्दू स्वयंसेवक संघ मेरी विभाग संघ चालक रामकुमार दीक्षित, नरैनापुरका संघ चालक अमेरिकाप्रसाद यादव, फत्तेपुर प्रभागका संघ चालक डा. राममनोहर मौर्य, नेपाल रेडक्रस सोसायटी गंगापुर शाखाका सभापति यज्ञ नारायण शर्माका साथै नेकपा माओवादी मधेश मुक्ति मोर्चाका जिल्ला सचिव चिट्ठाप्रसाद मौर्य, नेकपा एमाले प्रदेश कमिटी सदस्य रामदास थारू, प्रशुराम थारू, एमाले राप्ती सोनारीका अध्यक्ष तुलसीराम थारू, एमाले जिल्ला नेता सोहनलाल यादव, समाजसेवी ठाकुरप्रसाद यादव, दुर्गेश पाठक, अर्जुनप्रसाद यादव, लक्ष्मणप्रसाद मौर्य, रामचन्द्र पासी, तिलकराम धोबी, रामनरेश यादव, श्यामानन्द तिवारी, कैलासप्रसाद तिवारी, बिहिप वार्ड नं. ०१ का अध्यक्ष प्रमोदकुमार मिश्रलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै माननीय सूर्यप्रसाद ढकालले यस आर्थिक बर्षमा मदन भण्डारी पर्यटन मार्ग कार्यक्रम अन्तर्गत छुट्टयाइएको १ करोड़ बजेट मध्य ६० लाख रुपैया नरैनापुरमा खर्च गरिने जानकारी दिंदै करारी दास बाबा आश्रममा अधुरो रहेको भवनको लागि १० लाख छुट्याइने जानकारी दिंदै नरैनापुरमा सबै फूसका छाना हटाउने कार्यक्रम अन्तर्गत गत बर्ष बीस लाख छुट्टयाइए पनि सो बजेट नरैनापुरमा दुरुपयोग भएको र यस बर्ष १७ लाख छुट्याइएको, सो रकम पूरै सदुपयोग हुन नसक्ने भनी चिंता व्यक्त गर्नुभयो।

स्व. दिनेश यादवले आफ्नो जीवनकालमा नरैनापुरको लागि धेरै काम गरेर जानुभएको स्मरण गर्दै उहाँले सबै वडामा निर्माण गरेको पानी टंकीको सदुपयोग गर्न नसकिएको, नरैनापुर बासीले सो पानी टंकी हेरेरै बस्नु परेको, शुद्ध पानी खान नपाई दूषित पानी पिउन बाध्य रहेको हेरेर आफु चुप लागेर नबस्ने र तत्काल पानीको सप्लाई पाइप गाउँमा पुर्याउने तर्फ आफु जिउ ज्यानले लागि परेको जानकारी दिनुभयो ।

नरैनापुरको चौतर्फी बिकासको लागि निकट भविष्यमा मुख्यमन्त्री र पूर्ब राष्ट्रपतिले नरैनापुरको भ्रमण गर्ने योजना रहेको जानकारी समेत दिनुभयो । नरैनापुरको बिकासमा पर्यटन क्षेत्र कोसे ढुंगा साबित हुने भन्दै यही मंसीर ०५ गते आफु सहित २००० पार्टी कार्यकर्ता र स्वयंसेवक परिचालन गरी सन्तानेश्वर मन्दिरसम्म पुग्ने बाटो निर्माण गरिने जानकारी दिनुभयो । नरैनापुरको बिकासको लागि विश्व हिन्दू परिषदले गरिरहेको काम प्रति सन्तुष्टि जनाउँदै आफु हातेमालो गर्न सधैं तत्पर रहेको समेत जानकारी गराउनु भयो ।

शुभकामना आदान-प्रदान कार्यक्रममा संविधान दिवसको अवसरमा आयोजित १० किलोमीटर दौड़मा प्रथम स्थान प्राप्त गरी नरैनापुर गाउँपालिकाको नाम रोशन गरेकोमा नरैनापुरकी छाेरी गीता साहुलाई माननीय सूर्यप्रसाद ढकाल, नरैनापुरका संघ चालक अमेरिकाप्रसाद यादव, डा. राममनोहर मौर्य, बिहिप अध्यक्ष प्रमोदकुमार शर्मा, सोहनलाल यादव, विनय दीक्षित, प्रमोदकुमार मिश्र तथा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहूलगायतले दोसल्ला ओढ़ाई डायरी, कलम तथा नगद प्रदान गरी सम्मान गरेका थिए भने उक्त कार्यक्रमलाई समाजसेवी शालिग्राम साहुले सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *