Thursday, February 13सत्यम खबर
Shadow

‘जो चोर उसकै ठूलो सोर’ : नरैनापुरको शिक्षा क्षेत्र माफियाहरुको फन्दामा, पैसाको ठूलो चलखेल (फोटोफिचरसहित)

नेपालगन्ज, १५ जेठ – ‘कंही नभएको जात्रा हाँडी गाउँमा’ भने जस्तै हाल नरैनापुर गाउँपालिका भित्र देखिएको छ । विषय शिक्षा सम्बन्धी विवाद रहेको थियो । एक पक्षले नेपाल राष्ट्रिय आधारभूत विद्यालय खोदावामा शिक्षक भर्ना क्रममा विद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको भन्दै विरोध जनाउँदै अभिभावक, शिक्षाप्रेमीहरुले शिक्षा शाखा नरैनापुरमा तालाबन्दी गरेका थिए ।
सोही विषयलाई समाधान गर्न कता हो कता थप शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले आफ्नो बल प्रयोग गर्दै आफू मतहतमा रहेका विद्यालय शिक्षकहरुद्वारा नै ताला तोडफोड गर्न लगाई थप समस्या बल्झाएका छन् ।


त्यति मात्रले पनि नभएर नरैनापुर गाउँपालिकाका कर्मचारीहरुले छुट्टै मिटि· बसी अनिश्चित कालसम्म गाउँपालिका भित्र रहेको सम्पूर्ण वडाहरुको कामकाज नै ठप्प गर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । यी प्रकरणले समेत बुझ्न सजिलो भएको छ नरैनापुर गाउँपालिका भित्र शिक्षा क्षेत्रमा कतिको माफिया तन्त्र हाबी रहेको छ । ‘जो चोर उसैको ठूलो सोर’ भनेको यही रहेको छ । यस बारे पालिकाबासीहरुले आ–आफ्नो सार्वजनिक सञ्जालको प्रयोग गर्दै बिरोध जनाउनुका साथै कुन कानुन मतहतमा रहेको पालिकालाई बन्धक बनाउने निर्णय गरिएको भनी प्रश्न समेत गरेका छन् । केहीले त पुरै पालिकालाई यसरी बन्धक बनाउनु भन्दा कसैलाई लिजमा दिँदा थप आर्थिक फाइदा हुने ब्याँग्य समेत गरेका छन् ।


नरैनापुरका आम पालिकाबासीहरुको भनाई अनुसार विद्यालयमा भर्ना सम्बन्धी भएको घोटाला, घुसखोरी बारे आम जनतालाई चित्त बुझाउने दायित्व सम्बन्धित शिक्षा शाखा प्रमुख थारुको रहेको थियो । तर शिक्षा शाखा प्रमुख थारुसित उचित जवाफ नआउँदा हामीले आईतबार उनकै कार्यकक्षमा उनलाई भित्र गरी १ घण्टाको लागि थुनेर बिरोध जनाउँदै उचित छानबिनसहित ४ बुँदा मागसहित ज्ञापन पत्र सम्बन्धित पालिकालाई बुझाएका थियौं ।
उक्त बुझाईएको ज्ञापन पत्रको निकास कता हो कता उल्टै सहभागी शिक्षकलाई निलम्बन गरी पदमुक्त गर्ने, अभिभावकहरुलाई मदाक पदार्थ सेवन गरी तोडफोड गर्ने जस्तो आरोप लगाएका छन् ।


यसैगरी सोही दिन शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुद्वारा बोलाईएको नेपाल शिक्षक संघ स्थानीय तह नरैनापुरका अध्यक्ष सज्जाग खाँका नाता पर्ने सरकारी शिक्षकहरु जुनेश खाँ नेराप्रावि आधारभूत जमुनाहा, मोहम्मद वसिम खाँ प्रधानाध्यापक मदरसा इस्लामे ज्याउल उलूम, नसीम खाँ शिक्षक नेराप्रावि आधारभूत विद्यालय जमुनाहाका भिडद्वारा बिरोध गर्दा लगाईएको ताला तोडफोड गर्न लगाईएको थियो । उक्त तोडफोड गरिएको दृश्य क्यामरामा समेत कैद गरिएको समाचार सत्यमखबर डटकममा प्रकाशित भईरहेको समेत देख्न पाईन्छ ।

शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुः विज्ञप्तीमा पानीको बोतल निकाली भनिएको छ तर यहाँ त फोटोमा राखिएको देखिन्छ ?


शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले आफ्नो पदिय दायित्व समेत बहन गर्न नसकेको तथ्य सोही दिन बिरोधमा सहभागी दुईजनालाई आफ्नो सफाई दिने अवसर समेत नदिई पदमुक्त गरिएको विज्ञप्तीबाट सहजै बुझ्न सकिन्छ भनी शिक्षाप्रेमी विनय दिक्षीतको भनाई रहेको छ ।
विगत दशकौंदेखि पिछडिएको अवस्थामा रहेको नरैनापुर गाउँपालिका कोरोनाकाल पछि बाटो, नाला, सडक, बिद्युजी लगायत पूर्वधार पुगेपछि केही सुधार हुने क्रममा रहेको भनाई राख्दै शिक्षाप्रेमी प्रमोद शर्माले – नरैनापुर गाउँपालिका भित्र शिक्षा क्षेत्रमा व्यापाक घोटाला हुँदै आईरहेको तर हामीले नेपाल राष्ट्रिय आधारभूत विद्यालय खोदावा बारे जानकारी पाएपछि त्यसको सत्यतथ्य बुझ्न खोज्दा शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले स्वयं ५ लाखसम्म घुस खाएका पाएका छौं । त्यस बारे उनलाई हामीले प्रश्न समेत गरेको तथा उनले जवाफ दिन आनाकानी गरेको हुँदा हामी बाध्य भएर शिक्षा शाखा प्रमुख थारुलाई कोठामा राखी ताला लगाउन बाध्य भएको बताउनुभयो ।

मदरसा शिक्षामा १ लाख ५ हजार लिएको तर पैसा फिर्ता नगरेको भनाई राख्दै मदरसाका पूर्व अध्यक्ष


स्थानीय पालिकाबासीहरुका अनुसार नरैनापुर पालिकामा रहेको शिक्षा महासंघ अध्यक्ष सज्जाग खाँले शिक्षा क्षेत्रमा नेतृत्व गरेदेखि थप शैक्षिक माफियाहरु माथि उठेको पाईन्छ । उनले कति पय विद्यालयहरुमा नेपाल सरकारद्वारा प्रदान गर्ने खाजा खर्च समेत विद्यालयलाई खाजा नखुवाएर प्राधानाध्यापक, शिक्षक, शिक्षा शाखा तथा महासंघको मिलेमलोमा आएको रकम बाटफाँट गर्दै आईरहेका छन् । त्यति मात्र नभएर पालिका भित्र कुनै पनि विद्यालय वा मदरसामा शिक्षा कोटा दिन समेत लाखौं रकम असुली गर्दै आउनुका साथै भर्ना भएका शिक्षकहरुबाट समेत पैसा असूल गर्दै आएका छन् ।


यस अगावै सत्यमखबर डटकम मार्फत प्रदेश सरकारद्वारा निर्माण गरिएको विद्यालयमा कसरी घोटाला गरेका छन् । त्यस बारे प्रकाशित समाचारले सत्य तथ्य आफै बोलिरहेको जानकारी गराउँदै स्थानीयहरुले उक्त सबै कुरामा कानुनी रुपले छानबिन हुनुका साथै सम्बन्धित संलग्न सम्पूर्ण पदमुक्त गर्न हामी स्थानीय स्तरबाट अगामी दिनमा समेत बिरोध गर्दै जाने बताउँछन् ।

शिक्षाप्रेमी विनय प्रकाश दिक्षीत तथा प्रमोदकुमार शर्माद्वारा ४ बुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै


अधिवक्ता रामकुमार दिक्षीतले आफ्नो सार्वजनिक सञ्जाल प्रयोग गर्दै ‘‘शिक्षा क्षेत्रमा सुधार आवश्यक नै छैन । कोही पनि अभियन्ता बन्नु पर्दैन । गुण्डाराज नै ठीक छ । बिज्ञप्ति जारी गर्नेहरूको जय होस’’ लेखेका छन् । थप अगाडी लेख्दै– ‘‘आधारभूत बिद्यालय खोदावा नरैनापुरले शिक्षक भर्नामा गरेको भ्रष्टाचार र अनियमितता बिरूद्ध अभिभावक र सर्बसाधारणले हिजो शिक्षा शाखा नरैनापुरमा लोकतान्त्रिक तरीकाले गरेको तालाबन्दीको बिरूद्धमा अनियमिततालाई ढाकछोप गर्न शिक्षा अधिकृत कृष्णकुमार थारूले नरैनापुरका सबै बिद्यालयलाई बन्द गराई हजारौ बिद्यार्थीलाई शिक्षा आर्जन गर्न पाउने संबैधानिक अधिकारबाट बञ्चित गरेका छन् । बिद्यालय बन्द गर्ने अधिकार कसले दियो ? कृष्ण जी लाई, उनले नै जवाफ दिनुपर्छ । लोकतान्त्रिक विधि र प्रक्रिया बमोजिम गरिएको तालाबन्दीको बिरूद्ध बिद्यालय नै बन्द गर्नु तानाशाही हो । यस कार्यको घोर भत्सर्ना गर्दछौं र शिक्षा आर्जनको अधिकार प्रति सचेत भइ बिद्यालय तत्काल सञ्चालन गर्न गराउन सबैमा जोडदार मांग गर्दछौ’’ भनी लेखेका छन् ।

oplus_0


अरबिन्दकुमार यादवले ‘‘आज बाँकेको नरैनापुर गाउँपालिकाका सबै बिद्यालय बन्द गरेर बिद्यार्थीहरुको जीवनसंग खेलवाड नगर्न अग्रह गर्द्छु । सबै बिद्यालय बन्द हुनुको कारणले गर्दा हजारौं बिद्यार्थी शिक्षाबाट बन्चित भएका छन् । शिक्षा क्षेत्रमा लापरवाही कहिले सम्म ? कसको आदेशमा बिधालय बन्द गर्नु भयो ? शिक्षा मन्त्री ज्यु के हुँदैछ ?’’ भनी प्रश्न गरेका छन् ।
अपसेर अलीले ‘‘नरैनापुर गाँउपालिका शिक्षा शाखामा मिति २०८१÷०२÷१३ गते भएको घटनाको घोर भत्सर्ना गर्दछु साथै ने रा मा वि खोदावाका दुई जना शिक्षक लाई गरिएको कारवाही अविलम्ब फिर्ता लिन मांग गर्दछु’’ लेखेका छन् ।

शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुद्वारा बोलाईएको ताला तोडफोड गरिरहेको समूह


नरैनापुर गाउँपालिका भित्र शिक्षा क्षेत्रमा भईरहेको गतिविधि बारे व्यापक बिरोध भएपछि आफ्नो गल्ती सुधार नेपाल शिक्षक संघ स्थानीय तह नरैनापुरका अध्यक्ष सज्जाक खाँले ‘मिति २०८१÷०२÷१४ गतेको आन्दोलनलाई सम्पूर्ण शिक्षक साथीहरु एकबद्ध भई सफल पार्नु भएको म हृदयदेखि धन्यवाद व्यक्त गर्दछु, साथै मिति २०८१÷०२÷१६ गतेदेखि राष्ट्रिय खोपलाई मध्यनजर गर्दै विद्यालय र मदरसाहरुमा नियमित पठनपाठन कार्य सञ्चालन गरी प्रत्येक विद्यालय र मदरसाबाट एक वा दुई जना शिक्षकलाई १० बजेपछि गा.पा.मा आन्दोलनका लागि सहभागी गरी गराई दिनु हुन हार्दिक अनुरोध छ’ भनी लेखिएको स्टेटसबाट समेत बुझ्न सकिन्छ शिक्षा क्षेत्रमा व्याप्त माफियाहरुको रजाई ।

प्रहरीको फितलोपना बारे गुनासो पोखिरहेका खबरगञ्ज तथा सत्यमखबर डटकमका सञ्चारकर्मी

यहाँ प्रश्न उठेको छ उनलाई पालिका भित्र विद्यालय बन्द गराउने र खोल्ने अधिकार कसले दियो ? उनी त नेपाल शिक्षक संघका अध्यक्ष हुन अनि पालिका भरीको विद्यार्थीहरुको भविष्यप्रति खेलवाड गर्ने अधिकारलाई उनलाई कसले दिएको हो ? शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले ? पालिका प्रमुख मो. ईस्तियाक अहमद शाहले ? वा अन्य पालिकाका प्रशासनीक अधिकारीहरुले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *