विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान
नेपालगन्ज, ३ भाद्र – नेपाल मोहर्रम समिति धम्बोझीका अध्यक्ष मेराज अहमद हिमालयको अध्यक्ष तथा सामाजिक सद्भाव समितिका संयोजक दिपक लोधको अगुवाईमा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका बाँकेमा मुस्लिम, थारु तथा अन्य धर्मावलम्बीहरुद्वारा शहीद इमाम हुसैन र कर्बलाका अन्य शहीदहरुको सम्झनामा मनाइने पवित्र मोहर्रम पर्वको अवसरमा नगर भित्र शान्ति, सुरक्षा र सद्भावको वातावरण स्थापित गर्न सहकार्य र सहयोग गरेको हुँदा उक्त सम्मान सम्बन्धित समाजका अग्रजहरुलाई प्रदान गरिएको सामाजिक सद्भाव समितिका अध्यक्ष लोधले बताउनुभयो ।
सम्मानित हुनेहरुमा सशस्त्र प्रहरीका एसपी जनक बस्नेत, डा. विनोद कर्ण, डा. बैभव टण्डन, दैनिक नेपालगन्जका झलक गैरे, सत्यमखबर डटकमका चन्द्रेश्वरराज त्रिपाठी, इमरान अहमद हलवाई रहेका छन् । सम्मानित हुने सम्पूर्णलाई प्रमुख जिल्ला अधिकारी...









