Monday, April 20सत्यम खबर
Shadow

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

नेपालगन्ज, ३० श्रावण – सशस्त्र प्रहरी बिओपी जमुनहा टोलीले अवैध रुपमा भित्र्याईएको सामान बरामद गरेको छ ।

सप्रनि जिबनलाल बुढाको कमाण्डमा खटिएको मोबाइल टोलीले ठुलो मात्रमा विशेष सूचनाको आधारमा नेपालगन्ज वडा नं १६ जैसपुर नजिकैबाट चोरी पैठारी गरी भारतबाट नेपाल ल्याउँदै गरेको लत्ताकपडा, जुत्ता र पाल बरामद गरेको छ ।
बरामद सामानमा प्लास्टिक खाले जुत्ता १८३ जोर, पाल २० पीस, पाईन्ट २० पीस मोजा १ दर्जन र साल २ पीस रहेकाे जनाईएकाे छ । करीब २ लाख ५५ हजार २ सय मुल्य बराबरको बरमाद गरेको समान नेपालगन्ज भन्सारमा कार्यालयमा बुझाएको सप्रनानी सई योगेन्द्र शाहीले जानकारी गराउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *