
– मनोज कुमार कौशल
नेपालगन्ज, २५ श्रावण – नेपालगन्ज उमनपाका मेयर नगरपिता डा. धवल शम्शेर राणाले वडा नं. ६ फुल्टेक्रा तालको २२३ क्षेत्रफल जमिन प्रसादको रुपमा केहीहरुलाई बाँड्ने र त्यहाँ क्रिकेट मैदान बनाउने सपना विगत लामो समयदेखि बुन्नु भएको थियो । अहिले उनको यो सपना समाप्त भएको छ ।
अदालतद्वारा पुनः अषाढ २३ गते अन्तरिम आदेश जारी गरिएको छ ।
अन्तरिम आदेशमा तत्कालीन पुनरावेदन अदालत नेपालगन्जबाट भएको परमादेशको मर्म र भावना प्रतिकूल हुने गरी कि.नं. ५१५को जग्गामा प्रस्तुत निवेदनको टुंगो नलागेसम्म क्रिकेट मैदान लगायतको कुनै प्रकारको भौतिक संरचना निर्माण नगर्नु नगराउनु भनिएको छ ।

फाईल फोटो
यसैगरी आदेश नं. २ कि.नं. ५१५को जग्गा संरक्षण गर्ने उद्देश्यले पुरै जग्गालाई भित्र पार्नेगरी पर्खाल लगाउने बाहेक जग्गाको खण्डिकरण हुने गरी भौथिक संरचना र स्वरुप परिवर्तन नगरी कुनै प्रकारको निर्माण कार्य नगर्नु नगराउनु समेत भनिएको छ । यसैगरी आदेश नं. ३ मा कि.नं. ५१५को जग्गामा अन्य व्यक्तिहरुको हस्तक्षेप अतिक्रमण र भोगचलन गरेको देखिएकोले सो अतिक्रमण हटाई पुरै जग्गाको संरक्षण गर्नु भनि उल्लेख गरिनुको साथै आदेश नं. ४ मा कि.नं. ५५१५ र कि.नं. २२९ को जग्गा संरक्षण गर्ने प्रयोजनका लागि पर्खाल लगाउनेसम्मको आयोजना संचालन गर्नुपर्ने भएमा जग्गाको स्वरुप बिग्रिने गरी माटो पटान नगर्नु, पानी फाल्ने वा जग्गाको स्वरुप ब्ििरगने कुराबाट खण्डिकरण गरी वितरण गर्ने कुनै प्रकारको कार्य नगर्नु नगराउनु भनि उल्लेख गरिएको छ । उक्त आदेशहरु उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका मा. न्यायाधीश ध्रुवराज चन्द तथा मा. न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको संयुक्त इजलासबाट जारी भएको हो ।
आदेश नं. ३ मा भनिए अनुसार व्यक्तिहरुले हस्तक्षेप अतिक्रमण र भोगचलन गरेकाले तालको सरकारी जग्गा अतिक्रमण हटाई पुरै जग्गाको संरक्षण गर्नुभनि आदेश जारी गरिएको छ । यस आदेशको पालना नेपालगञ्ज उमनपाले नगरेको देखिन्छ । जसरी पहिले नै उल्लेख गरेका छौं नगरपिता राणाले २२३ का क्षेत्रफलमा रहेको उक्त फुल्टेक्रा तालको जमिन केहीहरुलाई प्रसादको रुपमा बाँड्न र त्यहाँ क्रिकेट मैदान निर्माण गर्ने तयारी गरी तालमा रहेको पानी २०७७ फागुन चैत्र महिनातर्फ ३ महिना खर्च गरी बाहिर पानी फाल्न लगाएका थिए र त्यहाँ माटो पटान गर्न शुरु गरेका थिए यस समय सो ऐतिहासिक तालको संरक्षण संवद्र्धन हुनुपर्ने माग राख्दै त्यहाँ स्थानीय वासिन्दा विरोधमा उत्रे र तालको संरक्षणको लागि अदालतमा मुद्दा दायर गरियो जसको फलस्वरुप मा. न्यायाधीशहरुबाट तालमा पुगी स्थलगत निरीक्षण गरिएको थियो ।
फुल्टेक्रा ताल मानव निर्मित होइन बरु यो ताल प्राकृतिक रुपले बनेको पाइन्छ फुल्टेक्राबाट मानव बस्तीको विकास भएको थियो यो कुरा तालको स्थलगत निरीक्षण गरी थाह पाउन सकिन्छ तर फुल्टेक्रा तालको अस्तित्व समाप्त पार्न विगतदेखि वर्तमान समयसम्म नगरपिता राणा सक्रिय रहँदै आएका छन् विगतमा नगरपिता रहँदा पनि उनले तालको जमिन केही समुदायलाई हस्तान्तरण गर्ने प्रयास गरेका थिए हालसम्म नगरपिता रहँदा उनले तालको जमिन केही समुदायमा दिइने र केही जमिनमा क्रिकेट मैदान निर्माण गर्ने कुरा थपी दिए ।
फुल्टेक्रा तालको धेरै जमिन नगरपिता राणाको इशारामा कब्जा गरिएको पाइन्छ । फुल्टेक्रा माविका विव्यसका अध्यक्ष भरत बहादुर वर्माले तालको करीब २ का बराबर जग्गा अतिक्रमण गरेको पाइन्छ उनीले यो जमिन नगरपिताको सरसल्लाहबाट गरेको कुरा सुत्रले जनाएको छ । फुल्टेक्रा वार्ड नं. ६ स्थित नक्शा प्रिन्टमा कि.नं. ५१५ को नेपाल सरकारको नाममा दर्ता श्रेस्ता रहि विगतमा पोखरी भनिएको जग्गा मध्ये कि.नं. १०६०, १०६१ र ४७६ जानिएका जग्गाधनीले त्यहाँ विभिन्न प्रकारको रुख बिरुवा रोपी त्यहाँ ट्वाइलेट, पर्खाल समेत खडा गरी तालको जमिनमाथि आफ्नो भोगचलन गरेका छन् । जुन जग्गाको पूर्वतर्फ उ.द. २.५० मिटर पश्तिमतर्फ उ.द. २.५० मिटर उत्तरतर्फ पू.प. १४ मिटर र दक्षिणतर्फ पु.प. १४ मिटर तालको जमिन रहेको छ ।

फाईल फोटो
यस्तो छैन कि तालको जमिनमा वर्माले मात्रै कब्जा गरेका छन् उनीको अतिरिक्त अन्य थुप्रै जनाले तालको जमिन कब्जा गरेका छन् । तालको जमिन नगरपिताले भोट बैंक खडा गर्ने उद्देश्यले कब्जा गराएका हुन् । जसको कारणले नै अहिले नगरपिता तालको संरक्षण संवद्र्धन गर्न हच्की रहेका छन् । विभिन्न समयमा उहाँले आफू कानून मान्ने व्यक्ति हुँ भन्दै आएका छन् तर स. अदालतबाट तालको संरक्षण गर्ने भनिए पनि उहाँ यस आदेशतर्फ नदेखे जस्तो गरी रहनु भएको छ । फुल्टेक्रा तालको जमिनमा विश्वनाथ चटर्जीको परिवार सदस्य, भरतबहादुर वर्मा, बद्री विशाल मिश्र, मुन्ने यादव, विनोद भरत, धनश्याम भारती, रामसुमिरन मिश्र लगायतका थुप्रै जनाले कब्जा गरेका छन् । तर तालको संरक्षण गर्ने सोच अहिलेसम्म नगरपिताको बनेको देखिँदैन ।
२०२२ सालमा भएको सर्भे नापीमा फुल्टेक्रा ताल थियो । सो समय यसको नाम फुल्टेक्रा ताल थिएन बरु यसलाई शिव गउचर पानी घाट भनिन्थ्यो । योे शिव गउचर पानी घाटमा गाईहरु स्वच्छन्द रुपमा चरण गर्थे । यसरी यो शिव गउचर पानीघाट सरकारी हो यसको संरक्षण नेपाल सरकारको स्थानीय प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले गर्ने भनी कानूनी व्यवस्था छ । सोही कानूनी व्यवस्थाको आधारमा पुनरावेदन अदालत नेपालगन्जले उक्त सार्वजनिक ताल सिमांकन गरी अतिक्रमण रोकी संरक्षण गर्नु साथै सरसफाई गरी सार्वजनिक प्रयोगमा ल्याउनेतर्फ कार्य गर्नु नगरपालिकालाई २०७२ सालमा नै आदेश गरेको थियो । सो समयमा पनि तत्कालीन नगरपालिकाले संरक्षण गर्ने कार्य गरेन उल्टै तालको पुरै जमिन एक समुदायमा दिइने षडयन्त्र गरे ।
विगतमा तालको संरक्षण गर्न शिवसेना नेपाल नामक संगठनले लामो संघर्ष गरेको थियो सो पछिसम्म शिवसेनाले नै ताल बचाउन संघर्षरत रह्यो अहिले नगरपिता राणाले तालको अस्तित्व नै मेटाउनेतर्फ लागेपछि फुल्टेक्रावासी आन्दोलित बन्दै अदालतबाट न्याय मागेका छन् । अहिले ती फुल्टेक्रावासीले न्याय पाउने भएका छन् तर नगरपिता यस्तो आदेशबाट निराश रहेको देखिन्छन् यसको कारण हो उनीको वर्षाै पुरानो सपना टुट्न थालेको छ ।
अब उनीमा फुल्टेक्रा तालमा जमिन कब्जा गरेका शुभचिन्तकको भोट बैंक पनि समाप्त हुने डरले गर्दा उनको निद्रा हराएको छ तर अदालतको ताल संरक्षण गर्ने आदेशबाट भने फुल्टेक्रावासीमा खुशीको लहर छाएको छ ।

