Tuesday, April 21सत्यम खबर
Shadow

हिन्दू धर्ममाथि अक्रमण सहन नसकिने भनी हिन्दुवादी संगठनहरुको विरोध शुरु

अजय मिश्रा
कपिलवस्तु, २५ श्रावण – पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड गरेकोप्रति नेपाल मानवअधिकार संगठनले आपत्ति जनाई आवश्यक कार्यवाहीको माग गरेको छ ।
पाकिस्तानको पञ्जाब बुधबार एउटा स्थानीय मदरसामा आठ वर्षीय हिन्दू बालकले पिसाव फेरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, अदालतले उनलाई रिहाइ गर्न आदेश दिएपछि रहिम यार खान जिल्लाको भोंग सहरमा सयौं मुस्लिमहरुले बालकको रिहाइको विरोध गर्दै हिन्दू मन्दिरमा तोडफोड गरेका थिए ।


सो घटनाबारे नेपाल लगायत विश्वका विभिन्न हिन्दु संगठनहरुले भ्रत्सना गरेका छन । साथै कुनैपनि धर्ममाथि अघात गर्नु मानव अधिकारको हनन् गर्नु नै रहेकाले यथाशीघ्र कार्यवाही गर्न माग गरिएको छ ।
‘हामीले घटनामा संलग्न रहेको आशंकामा २० भन्दा बढी संदिग्धहरुलाई पक्राउ गरिसकेका छौं’, रहिम यार खानका जिल्ला प्रहरी अधिकारी (डीपीओ) असद सरफराजले भने । भिडियो फुटेजको माध्यमबाट संदिग्धहरुको पहिचान गरिरहेको हुनाले आगामी दिनहरुमा थप केही व्यक्ति पक्राउ पर्ने उनले बताए ।
उनले मन्दिर तोडफोड गरेको आरोपमा १५० जनाभन्दा बढीविरूद्ध आतंकवाद र पाकिस्तान दण्डसंहिताको विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिए ।
‘हामी यो अपराधमा संलग्न प्रत्येक संदिग्धलाई पक्राउ गर्नेछौं । सर्वोच्च अदालतको आदेशमा मन्दिरको जीर्णोद्धारको काम सुरु गरिएको छ,’ उनले भने ।
यस्तै सर्वोच्च अदालतका मुख्य न्यायाधीश गुलजार अहमदले शुक्रबार भएको घटना रोक्न असफल भएको भन्दै प्रहरीको आलोचना गरेका छन् । उनले आठ वर्षीय बालक पक्राउप्रति पनि आपत्ति जनाएका छन् ।
नाबालिगहरुको मानसिक क्षमता बुझ्न असमर्थ रहेको भन्दै उनले प्रहरीको आलोचना गरेका छन् ।
यता नेपालमा हिन्दु मन्दिर तोडफोडको भिडियो भाइरल हुदा हिन्दु परिषद नेपाल लगायतका हिन्दुबादी संगठनहरुले विरोध प्रदर्शन शुरु गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *