Sunday, June 28सत्यम खबर
Shadow

अपराध

चितुवाको छाला र हाडसहित तीन जना पक्राउ

चितुवाको छाला र हाडसहित तीन जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक – चाडपर्व नजिकिएसँगै विभिन्न अपराधी घटनामा बृद्ध हुँदै जानु र त्यसमा बाँके प्रहरीले सफलता पाउनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । कोहलपुर ईलाका प्रहरी कार्यालयले चितुवाको छाला र हाडसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धानमा अब्बल मानिएका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो । वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११ स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीनजनालाई प्रकाउ गरेको छ । पक्राउ परेकाहरुमा बाँके राप्तीसोनारी ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पञ्चपुरी नगरपालिका ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेका छ । उनिहरु माथी थप अ...
नेपाल बारमा वकिलहरु बीच कुटाकुट

नेपाल बारमा वकिलहरु बीच कुटाकुट

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ कार्तिक – नेपाल बार एशोसिएसशनको भवन परिसरमा दुई जना अधिवक्ता बीच नै कुटाकुट भएको छ । अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नु पर्ने राय राखेर मिडियामा आफ्नो भनाई राखिरहेको बेलामा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि प्रहार गरेको बताईएको छ । कुटाई खाएका अधिवक्ता चुँडालले भने आफू कानूनी उपचारमा जाने बताईसकेका छन् । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बारले आन्दोलन गर्ने चेतावनी दिएको छ । न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन् । तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् । केही कानून व्यवसायीहरुले यसरी न्यायालयलाई बन्धक बनाउन नहुने धारणा राखेका छन् ।...
‘अब म कहाँ जाँऊ छोरा उपचार र न्यायको लागि ?’ अन्सारी

‘अब म कहाँ जाँऊ छोरा उपचार र न्यायको लागि ?’ अन्सारी

CoVid19, अपराध, अवधी, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ कार्तिक – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको समस्या समाधानमा ढिलाई भएको छ । आन्दोलनरत कर्मचारीहरुको माग व्यवस्थापन पक्षले ठाडै अस्वीकार गरेको छ । कर्मचारीहरु आन्दोलन मै रहँदा सेवाग्राहीहरु भने समस्यमा रहेका छन् ।आन्दोलनरत कर्मचारीहरु मन्त्रालयले गठन गरेको समितिको पर्खाईमा रहेको बताउँछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालययले मध्यस्थता समिति गठन गर्ने नाममा आफूहरुलाई झुलाएको कर्मचारीहरु बताउँछन् । करीब चार वर्षदेखि श्रम कार्यालय बाँकेमा परेका उजुरीको छिनोफोनो हुन नसकेपछि र कर्मचारीहरुले तलब भत्ता बृद्धिको माग राखेर आन्दोलन घोषणा गरेपछि मन्त्रालयले गत १८ असोजमा उपसचिवको संयोजकत्व रहेको ३ सदस्यीय मध्यस्थता समिति गठन गरेको थियो । तर गठन भएको समिति हालसम्म आफूहरुको सम्पर्कमा नआएको आन्दोलन समितिका सहसंयोजक मुनिर खाँ बताउँछन् ।कर्मचारीहरु इमरजेन्सी बाहेकको सबै सेव...
चिनमा उइगर मुस्लिम दमनको बिरोधमा इत्तेहाद नेपाल

चिनमा उइगर मुस्लिम दमनको बिरोधमा इत्तेहाद नेपाल

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
कृष्णनगर, ७ कार्तिक – इत्तेहाद नेपाल कपिलवस्तु संस्थाले पाकिस्तानको फैसलाबाद स्थित टाइम सिरोमिक्स लिमिटेड कम्पनीले उत्पादन गर्ने टायलमा पैगम्बर मोहम्मदको नामको अगाडी त्यहाँ काम गर्ने चिनियाँ नागरिकहरूले पीबीयुएच शब्द थपेपछि विवाद सुरू भएको अवस्थाको समाचार माध्यम तथा सामाजिक संजालमा आएको हुँदा चिनियाँ नागरिकहरूले गरेको पैगम्बर मोहम्मदको अपमानको घोर निंदा तथा विरोध गरिएको प्रेस विज्ञप्ति इत्तेहाद नेपाल कपिलवस्तुले निकालेको छ । उक्त प्रेस विज्ञप्तिमा चाइनाको विस्तारवादी नीतिको बिरोध गर्दै चाइनामा उइगर मुस्लिम माथीको दमनको समेत बिरोध गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।साथै अब पैगम्बर मोहम्मद सहबको अपमान गर्ने कुनै पनि प्रकारको कार्य सहन नहुने समेत इत्तेहाद नेपाल कपिलवस्तु का अध्यक्ष किफायतुल्ला खांको हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको छ ।...
नेपाल शिव सेनाद्वारा पाकिस्तान र बंगलादेश विरुद्ध विरोध प्रदर्शन

नेपाल शिव सेनाद्वारा पाकिस्तान र बंगलादेश विरुद्ध विरोध प्रदर्शन

CoVid19, अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ कार्तिक – सनातनी हिन्दूहरुको आस्था राख्ने धार्मिक संस्था नेपाल शिवसेना, राष्ट्र शक्ति नेपालले संयुक्त रुपमा बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणबारे ध्यानाकर्षण गराउन बाँके जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएका छन् ।बंगलादेशमा हिन्दु मन्दिरहरू एवम् हिन्दू आराध्य देवी देवताको प्रतिमाहरूमाथि भएको हमलाको घोर निन्दा गर्दै दोषीलाई कारवाही तथा हिन्दु समुदायको सुरक्षाका लागि प्रधानमन्त्री तथा बङ्गलादेश सरकार सामु पुगोस् भन्दै ज्ञापनपत्र बुझाएको र बंगलादेशमा भएको सो घटनाले नेपालको सम्पूर्ण हिन्दु समुदायलाई चोट पुर्याएको भन्दै नेपाल शिवशेना केन्द्रीय अध्यक्ष राजकुमार रौनियारले बताए ।बंगलादेशमा ४ जना हिन्दूहरुको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएको बिषयलाई लिएर नेपाल शिवशेना बाँकेले झण्डै सैयौंको संख्यामा हिन्दूबादी र राष्ट्रबादी युवाहरु जम्मा गरेर नेपालगन्ज त्रिभुवन चोक र ब...
चिनियाँ सरकारले महिला शरीरलाई मेसिनको रुपमा लिएको चिनिया महिलाको आक्रोश

चिनियाँ सरकारले महिला शरीरलाई मेसिनको रुपमा लिएको चिनिया महिलाको आक्रोश

CoVid19, अपराध, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, ४ कार्तिक – चीन सरकारले महिलाको शरीरलाई मेसिनको रूपमा लिएको आरोप लगाईएको छ । आफ्नो देशको जनसंख्या नियन्त्रणका लागि चीन सरकारले महिलाको शरीर प्रयोग गरेको आरोप लगाईएको हो । टाईम्स अफ ईजरायलमा प्रकाशित सामग्री अनुसार सरकारले महिलाको शरीरलाई मेसिनको रुपमा लिएको भन्दै चिनियाँ महिला र अन्य महिला अधिकारकर्मीले सो आरोप लगाएका छन् । सरकारले चाहे आफुँहरुले बच्चा जन्माईदिनु पर्ने र नचाहे बच्चा जन्माउन रोक्नुपर्ने बाध्यता रहेको भन्दै त्यहाँका महिलले आक्रोश पोखेका हुन् । चिनियाँ महिलाले सामाजिक सञ्जाल एप ‘वेइवो’ मार्फत सरकारले महिला शरीरलाई मेसिनको रुपमा प्रयोग गरेको आक्रोश व्यक्त गरेका छन् । ‘यहाँ बच्चा जन्माउने आमाभन्दा बढी सरकारको हक र कानुनको भूमिका बढी छ । सरकारले चाहँदा बच्चा जन्माउ नचाहँदा आफूले चाहेर पनि नजन्माउ ! सरकारले हामी चिनियाँ महिलाको शरीरलाई मेसिनजस्तै प्रयोग गरेको छ’, एक चि...
चीनले अनाहकमा उईगर मुस्लिमहरुलाई थुनामा राखेको आरोप

चीनले अनाहकमा उईगर मुस्लिमहरुलाई थुनामा राखेको आरोप

CoVid19, अपराध, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ४ कार्तिक – चीनले लामो समयदेखि शिन्जियाङमा रहेका उइगरहरुलाई दमन गर्ने, आतंकवाद फैलाएको आरोपमा कारबाही गर्ने, महिलाहरुलाई बच्चा नजन्माउन दबाब दिने र अस्थायी गर्भनिरोधक सामग्रीको प्रयोगका लागि दबाब दिने र हजारौंलाई नियन्त्रणमा लिने काम गरिरहेको थियो । सन् २०१९ मा भएको एक अध्ययन अनुसार चीनका उइगर समुदायहरुका बालबालिकालाई मुस्लिम बन्न नसकुन भनेर अभिभावक र परिवारबाट अलग गराउने अभियानसमेत चालेको थियो । फाईल फोटो दुईभन्दा कम बच्चा भएका महिलाहरुलाई अस्थायी साधन तथा गर्भ निरोधक प्रयोग गर्न लगाउने र गर्भपतन गराउनेसम्मका गतिविधिहरु गरिरहेको जनाइएको छ । पछिल्लो समय शिन्जियाङको जन्मदर ८४ प्रतिशतले घटेको जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी समूहले पनि चीनमा उइगर अल्पसंख्यक मानिसहरु दमनमा परेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।चीनले उइगर मुसलमानको अस्तित्व मेटाउन उनीहरुलाई ...
चिनियाँ खतरालाई ध्यानमा राखी ताईवानले अमेरिकासँग लडाकु बिमान माग

चिनियाँ खतरालाई ध्यानमा राखी ताईवानले अमेरिकासँग लडाकु बिमान माग

अपराध, आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डाै, ४ कार्तिक - चीनको बढ्दो खतरालाई हेर्दा ताइवानले अमेरिकालाई जतिसक्दो चाँडो एफ – लडाकु विमान प्रदान गर्न आग्रह गरेको छ । अब ताइवानले चीन संङ भिडन्त गर्न मन्सायमा पुगेको छ । ताईवान् आफ्नो सुरक्षाको लागी पहिले भन्दा धेरै तयार देखिन्छ । चिनियाँ लडाकु विमानहरुको घुसपैठ र ड्रैगनको बढ्दो खतरालाई मध्यनजर ताइवानका अधिकारीहरुले वासिसिङटनलाई अमेरिकी एफ – ज्ञट लडाकु बिमानहरुको ताइपेईमा छिटो उपलब्ध गराउन आग्रह गरेको छ । ताइपे टाइम्सले सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति जो बिडेनको प्रशासन सङ ताइवान अधिकारीहरु संग ताइवानमा अमेरिकी एफ – ज्ञट विमानहरु लाई छिटो भन्दा छिटो उपलब्ध गराउने बारेमा छलफल गरेको छ। ताइवानले अमेरिका बाट ँ(ज्ञट लडाकु बिमान किन्ने सम्झौता गरेको थियो, जुन लगभग १० बर्षमा पूरा हुनेछ। २०१२ मा २२ लडाकु बिमानहरुको बिक्री स्वीकृत गरिएको थियो, तर चिनियाँ उक्साहट र धम्कीलाई ध्यानम...
श्रीमतीलाई बसुलाले हानेर श्रीमानले गरे हत्या

श्रीमतीलाई बसुलाले हानेर श्रीमानले गरे हत्या

CoVid19, अपराध, प्रदेश ५, समाचार, समाज
दाङ, ३ कार्तिक – सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । कुमाख ५ तिमिलेका ४७ वर्षीय कविराज खड्काले आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको गए राति ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।कविराजले मादक पदार्थ सेवन गरेका थिए । छोराछोरीसँगै सुतेकी श्रीमतीलाई बसुलाले प्रहार गरेर कविराजले हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बसुलाले टाउकोमा प्रहार गर्दा कलीको घटनास्थल मै मृत्यु भएको बताए ।‘१४ बर्षीय छोरा र ६ वर्षीय छोरीसँगै सुतिरहेकी र निदाएकी श्रीमतीलाई मदिरा सेवनपछि श्रीमानले बसुला प्रहार गरेर हत्या गरेको देखिएको छ,’ थापाले भने, ‘छोराले राति खबर गरेपछि प्रहरी गएर कविराजलाई पक्राउ गरेका छौं ।’केही दिनअघि श्रीमान् र श्रीमतीबीच घरायसी कुरामा सामान्य विवादसमेत भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
छानबिन समिति गठन भएपछि रूबी खानले तोडिन् अनसन

छानबिन समिति गठन भएपछि रूबी खानले तोडिन् अनसन

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ कार्तिक – १२ दिनदेखि अनसनमा रहेकी रूबी खानले अनसन तोडेकी छन् ।मंगलबार बाँके घटनाबारे गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएपछि खानले माइतीघर मण्डलमा अनसन तोडेकी छन् ।उनलाई महिला अधिकारकर्मी मोहना अन्सारीले जुस खुवाएकी थिइन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे महिला अधिकारकर्मीहरूले न्याय माग गरिरहेका छन् ।सरकार र रूबी खानबीच छानबिन समिति बनाउने लगायत विषयमा त्रिवि शिक्षण अस्पतालमा सहमति भएको थियो । खान विगत १२ दिनदेखि अनसनरत छिन् । सरकारले बनाएको उक्त समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने जनाइएको छ । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना महिल...