Sunday, April 19सत्यम खबर
Shadow

चितुवाको छाला र हाडसहित तीन जना पक्राउ

नेपालगन्ज, १३ कार्तिक – चाडपर्व नजिकिएसँगै विभिन्न अपराधी घटनामा बृद्ध हुँदै जानु र त्यसमा बाँके प्रहरीले सफलता पाउनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । कोहलपुर ईलाका प्रहरी कार्यालयले चितुवाको छाला र हाडसहित तीन जनालाई पक्राउ गरेको छ ।


अपराध अनुसन्धानमा अब्बल मानिएका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो । वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११ स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीनजनालाई प्रकाउ गरेको छ ।


पक्राउ परेकाहरुमा बाँके राप्तीसोनारी ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पञ्चपुरी नगरपालिका ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेका छ । उनिहरु माथी थप अनुसन्धान भैरहेको डीएसपी रविन्द्र खनालले जानकारी गराउनुभयो । यसअधि नगदसहित जुवाखालबाट ६ जुवाडेलाई पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *