Sunday, June 28सत्यम खबर
Shadow

अपराध

रेडपाण्डाको छालासहित एक पक्राउ

रेडपाण्डाको छालासहित एक पक्राउ

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २३ असाेज - दुर्लभ वन्यजन्तुको छालासहित बाँकेमा एक जना पक्राउ परेका छन् । जाजरकोट भेरी नगरपालिका वडा नं. १ का २८ वर्षीय मनिराम सुनार रेडपाण्डाको छालासहित पक्राउ परेका हुन् । दुर्लभ वन्यजन्तुको छालाको कारोबार भईरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई शनिवार बिहान ५ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बुद्ध मन्दिर नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालगन्जबाट हिँडेर न्याय माग्दै काठमाण्डौ पुगेहरूलाई प्रहरीद्वारा पक्राउ

नेपालगन्जबाट हिँडेर न्याय माग्दै काठमाण्डौ पुगेहरूलाई प्रहरीद्वारा पक्राउ

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ असोज – घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलाको निम्ति न्याय माग्दै नेपालगन्जबाट हिँडेर काठमाण्डौ पुगेको टोलीलाई सरकारले वार्तामा बोलाएर कुरा सुन्नुको साटो माइतीघर धर्ना स्थलबाटै पक्राउ गरेको छ ।माइतीघर मण्डलमा धर्ना दिइरहेका करिब १४ जनाको टोलीलाई शुक्रबार राति प्रहरीले जबर्जस्ती भ्यानमा हालेर लगेको हो । प्रहरी पक्राउ गर्न जाँदा उनीहरू कोही खाना खाँदै थिए भने कोही सुतिरहेका थिए । सुतिरहेका र खाना खाइरहेकै बेला प्रहरीले उनीहरूलाई जबर्जस्ती उठाएर लगेको थियो । प्रहरीले भने उनीहरूलाई पक्राउ गरेको नभएर सुरक्षाका लागि नियन्त्रणमा राखेको बताएको छ ।‘चाडबाड बेला माइतीघरमा सुतिरहेको र त्यहाँबाट हट्न नमानेकाले सुरक्षित ठाउँमा सारिएको हो,’ जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने, ‘सबैलाई नगर प्रहरी कार्यालयमा राखिएको छ ।’ उनीहरूक...
नेपालगन्जबाट न्याय माग्दै काडमाण्डौ पुगेका महिलाहरुद्वारा माईतीघरमा धर्ना

नेपालगन्जबाट न्याय माग्दै काडमाण्डौ पुगेका महिलाहरुद्वारा माईतीघरमा धर्ना

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ असोज – बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी मृत्यु प्रकरणमा चित्त बुझ्दो अनुसन्धान नभएको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि सरकारले खोजी निती नभएको भन्दै न्याय माग्न नेपालगन्जबाट पैदल हिँडेर काठमाण्डौ पुगेकाहरुले आज माईतीघरमा धर्ना दिएका छन् । उनीहरुले बोकेको ब्यानरमा ‘महिला हत्या गर्ने होसियार, मौन बस्ने सरकार खबरदार’, नन्कुन्नी धोबीलाई न्याय दे, ‘निर्मला कुर्मीलाई न्याय दे’, हत्यारालाई कारबाही गर, महिला हिंसा बन्द गर लगायतका नारा लेखिएका थिए । बाँकेबाट पैदल हिँडेर काठमाण्डौ पुगेकाहरुको खुट्टामा ठूला ठूला फोका देखिएका छन् ।...
जानकीमा बजार अनुगमन, म्याद गुज्रेको खाद्यय र मदिरा नष्ट

जानकीमा बजार अनुगमन, म्याद गुज्रेको खाद्यय र मदिरा नष्ट

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
जानकी, २१ असाेज - बाँकेको जानकी गाउँपालिकाले चाडपर्वको समयमा हुन सक्ने मूल्य वृद्धि तथा कालो बजारीलाई मध्यनजर गरी बजार अनुगमन गरेको छ । बिहीवार गाउँपालिकाको वडा नं. ६ स्थित पिप्रहवा बजारमा अनुगमन गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद नाघेका उपभोग्य वस्तु, अखाद्यय तेल, दर्ता नगरेरै मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गरेको पाईएको उहाँले बताउनुभयो । पिप्रहवास्थित खुद्रा किराना एण्ड खाद्य स्टोर, प्रमोद गुप्ता स्टोर एण्ड सप्लायर्स, सुवोध स्टोर र रौनक जनरल स्टोरमा अनुगमन गर्दा १४ हजार २ सय ११ बराबरको म्याद गुज्रेको खाद्यय पदार्थ र अनुमति नलिईकिन बिक्री वितरणको लागि राखिएको ४ हजार बराबरको मदिरा र सुर्तीजन्य पदार्थ जफत गरेर नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्या...
पाकिस्तानीको आतंक नेपालमा : एकको अपहरण, २ पक्राउ

पाकिस्तानीको आतंक नेपालमा : एकको अपहरण, २ पक्राउ

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २१ असोज – पाकिस्तानी नागरिकले क्यानडा पठाउने भन्दै नेपाल बोलाएर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर ललितपुरले जेसन मोहम्मद र ताज रजवाजलाई पक्राउ गरेको हो । यी दुवै जना पनि पाकिस्तानी नागरिक हुन् । प्रहरीका अनुसार उनीहरुले फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएका थिए ।विमानस्थलबाट आफूलाई सिभिल होम्समा लगेर बन्धक बनाएको फैजानले प्रहरीसमक्ष बताएका छन् । उनका अनुसार जेसन र ताजले बन्धक बनाएर पाकिस्तानस्थित परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए ।उनीहरुबाट फुत्किएका फैजानले खबर गरेपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।...
सुन तस्करी प्रकरण : गोरेलाई जन्मकैद, ४८ जनाले सफाइ पाए

सुन तस्करी प्रकरण : गोरेलाई जन्मकैद, ४८ जनाले सफाइ पाए

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १९ असोज –जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी प्रकरण र मोरङका सनम शाक्यको हत्या मुद्दामा गोरे भनेर चिनिने चुडामणि उप्रेतीलाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश भरत लम्लासको इजलासले गोरेसहित ८ जनालाई दोषी ठहर गरेको छ भने बाँकी ४८ जनाले सफाइ पाएका छन् ।
नेपाली भूमि मिच्ने चिनप्रति ‘गो ब्याक चाइना’को लाग्यो नारा

नेपाली भूमि मिच्ने चिनप्रति ‘गो ब्याक चाइना’को लाग्यो नारा

CoVid19, अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जनकपुर, १९ असोज – नेपाली भूमि मिच्ने चिनियाँ विस्तारवादविरुद्ध मधेसमा चर्कियो आन्दोलन, लाग्यो 'गो ब्याक चाइना'को नाराजनकपुर । नेपाली भूमि मिचेको सरकारी प्रतिवेदनबाटै पुष्टि भएपछि नेपालका विभिन्न स्थानमा आन्दोलन चर्किएको छ । हुम्लालगायत उत्तरी सीमा क्षेत्रमा चीनले एकलौटी रुपमा सीमा मिच्ने गरेको तथ्य बाहिर आएपछि नेपाली युवाहरु सडकमा उत्रिएका छन् । तथ्य बाहिर आउने वितिक्कै युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरे । लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघ केन्द्रीय समितिले नेपाली भूमि मिचेको विरोधमा प्रदर्शन गरेका थिए । माइतीघरपछि लोकतान्त्रिक युवा संघले जनकपुरमा प्रदर्शन गरेको छ । नेता प्रशासन झाको नेतृत्वमा भूमि फिर्ता माग्दै चीनविरुद्ध प्रदर्शन गरिएको हो । उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर र मिचिएको नेपाली भूमि फिर्ता गर जस्ता नारा लगाएका छन् । 'हाम्रो भूमि फिर्ता ग...
पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न अवधी पत्रकार संघको माग

पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न अवधी पत्रकार संघको माग

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १८ असाेज - पत्रकारमाथि भएको आक्रमण प्रयासको घट्नाप्रति अवधी पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अवधी पत्रकार संघ नेपालका सदस्य तथा अनलाईन खोजखबरका पत्रकार जावेद अहमद शाह र माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार रविन्द्र घिमिरेमाथी बाँके जानकी गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष चन्द्रीका प्रसाद गुप्ता नेतृत्वको समुहले गरेको दुव्र्यवहार एवम् आक्रमण प्रयासको घटनाप्रति अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संघले सोमबार एक बिज्ञप्ति जारी गर्दै समाचार संकलनका क्रममा वडाध्यक्ष र प्रहरीबाट भएको दुब्र्यवहार र आक्रमण प्रयासको घटना निन्दनीय रहेको उल्लेख गरेको छ । यसरी समाचार संकलनमा खटिएका पत्रकारको संविधान प्रदत्त अधिकारमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न ब्यक्तिलाई कानूनी दायरामा ल्याउन अवधी पत्रकार संघ ...
नेपालको सीमा चीनले अतिक्रमण गरेको विरोधमा प्रदर्शन

नेपालको सीमा चीनले अतिक्रमण गरेको विरोधमा प्रदर्शन

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, १८ असोज – नेपालको सीमा चीनले अतिक्रमण गरेकोमा राष्ट्रिय एकता अभियानले राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।अभियानले माइतीघर मण्डलामा चीनको विरुद्ध प्रदर्शन गर्दै चिनिया राष्ट्रपति सि जिनपिंगको पुतला समेत जलाएको छ । प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गर्ने क्रममा चाइना हस्तक्षेप बन्द गर, नेपाली भूमिमा अतिक्रमण बन्द गर, नाकाबन्दी खुल्ल्ला गर भन्ने किसिमको नारा लगाएका थिए ।विस्तारवादी नीति राखेको चीनले हुम्लाको २ वटा ठाउँमा बलमिच्याई गर्दै नेपाली भूमि भित्र पसेर अवैध गतिविधिहरु गरेको पाइएको छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर चीनले आफै बनाएको खुलासा गृह मन्त्रालयका सहसचिव जयनाराण आचार्यले गरेका थिए । लाप्चा भञ्ज्यांग लिमीको लाप्चा क्षेत्रमा सिमाना अतिक्रमण भएको छ भने सिमानामा रहेको ९.२ को सीमा स्तम्भको बीचमा एकतर्फी रुपमा तारबार गरेको पाइएको छ । हुम्लाको सीमा ५.१ र ५.२...
मुस्लिम कब्रिस्तानको विवाद चरममा

मुस्लिम कब्रिस्तानको विवाद चरममा

CoVid19, अपराध, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ असोज – नेगउमनपा ४ नं. वडा सल्यानीबाग नजीक रहेको मुस्लिम कब्रिस्तानको विवाद अहिले चरममा पुगेको छ । केही दिन अगाडी देखि यो विवाद बाहिर आएको हो, केही महिनाअघि मुस्लिम कब्रिस्तानको उत्तरतर्फको पर्खाल अग्लो पारी त्यस कब्रिस्तानको पछाडि रहेको जमिन प्लटिंग गरिएको थियो । कब्रिस्तान पछाडि रहेको जमिन प्लटिंग गर्ने क्रममा कब्रिस्तानको पर्खाल जुन कि एक प्रकारले एल आकारको थियो त्यसलाई भत्काई नयाँ पर्खाल खडा गर्दा ३ मीटर जति कब्रिस्तानको जमिन हराएको थियो । यसै कारणले यहाँ अहिले मुस्लिम कब्रिस्तानको विवाद चरममा पुगेको छ ।कब्रिस्तानको दक्षिणतर्फ राप्ती पथ जाने मूल सडकको उत्तरपट्टी विगत समय करीब ५४ वटा पसल निर्माण गरिएको थियो । यो पसल निर्माण गराउने उद्देश्य एउटा मात्र थियो कि पसलबाट उठेको भाडा रकम गरीब निर्धन मुस्लिमलाई सहयोग गर्दै कुनै गरीब परिवारको मुस्लिमको छोरा छोरीको बिहे हुँदा त्यसमा र...