Tuesday, April 21सत्यम खबर
Shadow

नेपाल बारमा वकिलहरु बीच कुटाकुट

काठमाण्डौ, १२ कार्तिक – नेपाल बार एशोसिएसशनको भवन परिसरमा दुई जना अधिवक्ता बीच नै कुटाकुट भएको छ । अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नु पर्ने राय राखेर मिडियामा आफ्नो भनाई राखिरहेको बेलामा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि प्रहार गरेको बताईएको छ । कुटाई खाएका अधिवक्ता चुँडालले भने आफू कानूनी उपचारमा जाने बताईसकेका छन् ।


पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बारले आन्दोलन गर्ने चेतावनी दिएको छ । न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन् । तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् । केही कानून व्यवसायीहरुले यसरी न्यायालयलाई बन्धक बनाउन नहुने धारणा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *