७ नं. वडाको घरघरमा वडा सदस्य किशोर थापाको नै चर्चाः अब उनीले वडाध्यक्ष पदमा चुनाव लड्नुपर्ने वडाबासीको माग
नेपालगन्ज, २८ कार्तिक – आफ्नो वडाध्यक्षलाई लात्तीले कुटेको घटना ७ नं. वडाको घर–घरसम्म चर्चाको विषय बन्न पुगेको छ । यसकारण अब वडाध्यक्षलाई कुट्ने वडासदस्य किशोर थापाको चर्चा सबैतर्फ भईरहेको छ ।वडाध्यक्ष जुम्मन खाँको कुटाई घटनाबाट खुशी वडाबासीहरुले अब किशोर थापा वडाध्यक्ष पदमा चुनाव लड्नु पर्ने माग गर्न शुरु गरेका छन् । गत विहिबार एउटा सिफारिसको विषयलाई लिएर ७ नं. वडासमिति कार्यालयमा विवाद चलि रहँदा वडाध्यक्ष खाँले वडा सदस्य थापालाई पहिले एक मुक्का मुखमाथि हानेका थिए, सो पछि आक्रोशित वडा सदस्य थापाले वडाध्यक्ष खाँमाथि लात्ती मुक्काले वर्षा गरेका थिए । दुबै जनाबीच हानाहान चलिरहँदा त्यहाँ बसेका केही महिलाहरुले मौकाको फाईदा उठाउँदै वडाध्यक्ष खाँमाथि चप्पल, सैण्डिल हान्न शुरु गरिन् यो सबै घटनाको दृश्य वडासमिति कार्यालयमा जडान गरिएको सिसि टिभि क्यामराबाट देखिएको छ ।
वडाध्यक्ष र वडा सदस्य ब...









