
नेपालगन्ज, ४ कार्तिक – सनातनी हिन्दूहरुको आस्था राख्ने धार्मिक संस्था नेपाल शिवसेना, राष्ट्र शक्ति नेपालले संयुक्त रुपमा बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणबारे ध्यानाकर्षण गराउन बाँके जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएका छन् ।
बंगलादेशमा हिन्दु मन्दिरहरू एवम् हिन्दू आराध्य देवी देवताको प्रतिमाहरूमाथि भएको हमलाको घोर निन्दा गर्दै दोषीलाई कारवाही तथा हिन्दु समुदायको सुरक्षाका लागि प्रधानमन्त्री तथा बङ्गलादेश सरकार सामु पुगोस् भन्दै ज्ञापनपत्र बुझाएको र बंगलादेशमा भएको सो घटनाले नेपालको सम्पूर्ण हिन्दु समुदायलाई चोट पुर्याएको भन्दै नेपाल शिवशेना केन्द्रीय अध्यक्ष राजकुमार रौनियारले बताए ।
बंगलादेशमा ४ जना हिन्दूहरुको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएको बिषयलाई लिएर नेपाल शिवशेना बाँकेले झण्डै सैयौंको संख्यामा हिन्दूबादी र राष्ट्रबादी युवाहरु जम्मा गरेर नेपालगन्ज त्रिभुवन चोक र बाँके जिल्ला प्रशासन कार्यालय अगाडी पाकिस्तान मुर्दावाद, बंगलादेश मुर्दावाद भन्दै धर्ना तथा विरोध प्रदर्शन गरेका छन् ।
