Monday, June 29सत्यम खबर
Shadow

अपराध

माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १६ जेठ-डुडुवा गाउपालिका वडा नं.५ र ६ का वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यले बुझाएको १० बूँदे माँग सहितको ज्ञापन पत्र माथि कुनै सुनुवाई नभएपछि आज डुडुवा गाऊ पालिका कार्यालय २ घण्टा घेराउ गरी काम कार्यवाही ठप पारिएको हो । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएको भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गरी २ घण्टाका लागि ठप्प पारिएको कुरा वडा अध्यक्ष थापाले बताएका छन । उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउपालिकामा रहेका कुनै पनि व...
अध्यक्षको एकल निर्णय बिरुद्ध, डुडुवा गाऊँ पालिका घेराउ गर्ने निर्णय सार्वजनिक !

अध्यक्षको एकल निर्णय बिरुद्ध, डुडुवा गाऊँ पालिका घेराउ गर्ने निर्णय सार्वजनिक !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १५ जेठ – आफ्नो माँग सम्बोधन नभएपछि डुडुवा गाऊँ पालिका वडा नं.५ र ६ का वडा अध्यक्षले डुडुवा गाऊ पालिका कार्यालय घेराउ गर्न निर्णय सार्वजनिक गरेका छन । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएका भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गर्ने निर्णय सार्वजनिक गरेका छन । वडा अध्यक्ष अनुसार स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाऊँ पालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्ष सम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर...
गौ हत्यामा संलग्नलाई १ वर्षसम्म पालिकाबाट प्रदान गर्ने सेवा उपलब्ध नगराउने नरैनापुरको निर्णय

गौ हत्यामा संलग्नलाई १ वर्षसम्म पालिकाबाट प्रदान गर्ने सेवा उपलब्ध नगराउने नरैनापुरको निर्णय

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर १२ जेठ – बाँकेको नरैनापुर गाउँपालिकामा गौ हत्याको घट्ना बढ्न थालेपछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नरैनापुर गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस् भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्षसम्म गाउँपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो ।पालिकाको आज बसेको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सूरक्षाकर्मीहरुलाई गाउँपालिकाले अनुरोध गर्नुका साथै जनतचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत खरालले बताउनु भयो ।नरैनापुर ग...
सरकारी प्रतिवेदन नै भन्छ, “हुम्लामा चीनबाट अनधिकृत निर्माण र स्थानीयलाई अनेक अवरोध भएको छ”

सरकारी प्रतिवेदन नै भन्छ, “हुम्लामा चीनबाट अनधिकृत निर्माण र स्थानीयलाई अनेक अवरोध भएको छ”

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
सीमा समस्याकाठमाण्डौ, १२ जेठ – आचार्य समितिले तयार गरेको ५८ पृष्ठ लामो प्रतिवेदनमा हुम्लामा चीनबाट नेपाली भूमितर्फ काँडेतार लगाएको, चरिचरनमा समस्या उत्पन्न गरेको र तिब्बततर्फ बगेर जाने नेपाली खोल्सीको मुहान नियन्त्रण गर्न खोजेको उल्लेख छ । सरकारी समितिले चीनसँगको सीमा क्षेत्रमा केके समस्या औंल्याएको छ त ? पढौं :सरकारी प्रतिवेदन नै भन्छ, “हुम्लामा चीनबाट अनधिकृत निर्माण र स्थानीयलाई अनेक अवरोध भएको छ”काठमाडौं। नेपालको हुम्ला र तिब्बतबीच २६२.३ किलोमिटर सीमा जोडिएको छ । तिब्बत (चीन) मा अवस्थित हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र मानिने कैलाश मानसरोवर जाने सहज बाटो पनि यही पर्छ । सीमा स्तम्भ नम्बर ३ देखि १२ सम्म हुम्लामा छन् जसमा १० मुख्य र ५ सहायक गरी जम्मा १५ सीमा स्तम्भ गाडिएका छन् । केपी ओली नेतृत्वको सरकारका पालामा पहिलोपटक नेपाली कांग्रेसले हुम्लामा चीनबाट सीमाक्षेत्रमा अतिक्रमण भएको...
प्रशासकीय प्रमुख डाँगी माथि कारवाही नभएसम्म बृहत आन्दोलन गर्ने चेतावनी

प्रशासकीय प्रमुख डाँगी माथि कारवाही नभएसम्म बृहत आन्दोलन गर्ने चेतावनी

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ जेठ – यही जेठ ४ गते विहिबारका दिन जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीद्वारा शिक्षकहरुको अगाडी नै हातपात तथा दुव्यर्वहार गरिएको थियो । जानकी गाउँपालिका शिक्षा शाखा तथा पालिका भित्र रहेका विद्यालयका प्रअहरुको बैठक चलिरहेको बेला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डाँगीले प्रअ शिक्षिका माथि हातपातका साथै दुव्यर्वहार गरेको घटना लगत्तै अर्को दिन पालिका स्तरीय बसेको बैठकद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई (क्लीन चिट) दिने तर्फ संकेत गर्दै उहाँ निर्दोष भनी विज्ञप्ती नै निकालिएको थियो । तर उहाँ कुन अर्थमा दोषी वा निर्दोष रहेछन् त्यसको बूँदागत रुपमा हामीले आम पालिकाबासीहरुमार्फत संकलन गरेको भनाई मार्फत जानकारी गराउन चाहान्छौ भनी पीडितले बताएकी छन् ।पीडितको भनाई अनुसार आफूमाथि भएको हातपात र दुव्र्यवहार घटना बारे कानूनी कारवाहीको मांग गर्दै हामी जिल्ला प्रहरी कार्यालय पुग...
प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ८ जेठ – प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ। सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। ‘प्रहरीले प्रतिवेदन ल्याएको छ। बुझिलिने काम भइरहेको छ,’ उनले भने। परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले पनि प्रतिवेदन बुझाउन पठाएको बताए। ‘प्रतिवेदन पठाएका छौं। हामीले सरकारी वकिललाई रायसहित प्रस्ताव गरेका छौं। अहिले प्रस्ताव मात्रै भएकाले पनि कुनकुनमा लगेका छौं भन्न मिल्दैन,’ उनले भने। प्रहरीले यसको अनुसन्धान ठगी एवं संगठित अपराधमा गरिरहेको थियो। तर उच्च राजनीतिक तहका नेताहरूले नै नेपालीलाई अनागरिक बनाउन चलखेल गरेको अनुसन्धानबाट देखिएपछि राज्यविरूद्धको कसुरमा समेत मुद्दा चलाउनुपर्ने रायसहित प्रस्ताव ग...
वडाअध्यक्ष बेहनालाई वडाबासीद्वारा “छोटे राजा” को तकमा

वडाअध्यक्ष बेहनालाई वडाबासीद्वारा “छोटे राजा” को तकमा

अपराध, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ जेठ – नेपालगंज उपमहानगरपालिका भित्र रहेको श्री ने.रा.प्र.वि. विद्यालय, जंगलीसिंहपुर्वालाई लिन सकिन्छ । उक्त विद्यालयको व्यवस्थापन समितिलाई नै वडाअध्यक्षको एकलौटी निर्देशनले विघटन गर्ने उर्दी जारी गरी न्यायालयसम्म जान विद्यालय व्यवस्थापन समितिलाई बाध्य बनाईएको थियो ।कुरा व्यक्तिगत थियो जुन एउटा जग्गाको कित्ता नापी गर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदप्रकाश सिंहले आफ्नो कित्ता नाप गरी फर्किरहेको अवस्थामा वडा नं. २३ को वडा अध्यक्ष जबीर अली बेहनाको भाई नाता पर्नेले मेरो पनि जग्गा नापी गरिदिनुस भने पछि सिंहले म नापीवाला होइन तर पनि हजुरले भनेपछि सहयोग गरिदिन्छु भनी नापी गर्दा वडा नं. २३ का वडा अध्यक्ष बेहनाको कित्तामा भाईको जमिन च्यापेको देखिएको थियो ।सोही विषयलाई लिएर वडाअध्यक्ष बेहनाले वि.व्य.स.का अध्यक्ष बेदप्रकाश सिंहलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिट पछि ...
जानकीका प्रमुख प्रशासकीय अधिकृत डाँगीद्वारा महिला शिक्षकमाथि दुव्र्यवहार, तत्काल सरुवा नगरे बृहत आन्दोलन गर्ने चेतावनी

जानकीका प्रमुख प्रशासकीय अधिकृत डाँगीद्वारा महिला शिक्षकमाथि दुव्र्यवहार, तत्काल सरुवा नगरे बृहत आन्दोलन गर्ने चेतावनी

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ जेठ – जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीद्वारा शिक्षकहरुको अगाडी नै हातपात तथा दुव्यर्वहार गरिएको छ ।जानकी गाउँपालिका शिक्षा शाखा तथा पालिका भित्र रहेका विद्यालयका प्रअहरुको बैठक चलिरहेको बेला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डाँगीले प्रअ शिक्षिका माथि हातपातका साथै दुव्यर्वहार गरेका छन् ।उक्त दुव्यर्वहारको बिरोध गर्दै पालिका भित्र रहेका शिक्षक, शिक्षिकाहरुले कानूनी उपचारका लागि प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई तत्काल पालिकाबाट सरुवा नगरे पालिकामा तालाबन्दी गर्नुका साथै चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन् ।पीडित शिक्षिकको भनाई अनुसार प्रमुख प्रशासकीय जस्तो गरिमामय पदमा पदासिन रहेपनि आफू मतहतका कर्मचारीहरुसित कस्तो व्यवहार गर्नुपर्छ उनलाई पटकै थाहा नरहेको हुँदा अरुलाई जतिखेर खेपर, तल्लो स्तरको शब्द प्रयोग गरेर झपार्ने गरिरहेको ह...
‘चीनमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’

‘चीनमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’

अपराध, आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
वाशिङ्टन, ४ जेठ - धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा चीनमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको पाइएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विश्वका सबै देशको गत वर्षको धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक प्रतिवेदनमा चीनले आफ्ना नागरिकलाई धार्मिक स्वतन्त्रता पूर्ण रुपमा उपभोग गर्न नदिएकामा चिन्ता व्यक्त गरिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै विदेशमन्त्री एन्टोनी ब्लिन्केनले संसारका धेरै देश दमनमा उत्रिएका तथा उनीहरूले आफ्ना नागरिकलाई त्रसित तुल्याएका, विश्वका धेरै भागका सरकारले यातना, कुटपिट, गैरकानुनी निगरानी, तथाकथित पुनःशिक्षा शिविरलगायत उपाय गरेर अल्पसङ्ख्यक लक्ष्यित दमनलाई जारी राखेका बताए । चीनको सिनजियाङ प्रान्तमा अल्पसङ्ख्यक मुस्लिम उइगुरमाथि दुव्र्यवहार गरिएको, धार्मिक आस्थाविरुद्ध अभियान चलाइएको, उनीहरूको मानवअधिकारको सम्मान एवम् संरक्षण नभएको, सबै ध...
एक उइघुरले चीनमा रहेका आफ्ना अंकल पक्राउ परेको विषयलाई चार भाषामा भिडियो बयान दिए : रिपोर्ट

एक उइघुरले चीनमा रहेका आफ्ना अंकल पक्राउ परेको विषयलाई चार भाषामा भिडियो बयान दिए : रिपोर्ट

अपराध, आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ जेठ – २० वर्षीया उइघुर विद्यार्थी नेफिसे ओघुजले आफ्ना काकालाई अवैध रूपमा थुनामा राखेको बारेमा बयान दिनु आफ्नो कर्तव्य भएको बताइन्। उनले पश्चिमी चीनमा उइगरहरूको कथित नरसंहारको बारेमा पनि बताइन्। नेफिसे ओघुजले उइघुर, अङ्ग्रेजी, मन्डारिन र टर्कीले चार भाषामा बयान दिएकी थिइन् र ट्वीटर र फेसबुकलगायत सामाजिक सञ्जालमा सेयर गरिन् र कसरी उरुम्कीमा प्रहरीले उनका काका ३३ वर्षीय अलीम अब्दुकेरिमलाई अगस्टमा उनको घरबाट पक्राउ गरेको कुरा बताएकी छिन्। रेडियो फ्री एशियासँग कुरा गर्दै नेफिसे ओघुजले भनिन्, 'म नरसंहारको सामना गरिरहेका आफ्ना जनताको पीडा सहन नसक्ने हुँदा मैले यो भिडियो गवाही साझा गर्ने साहस गरें।' उनले थपिन्, 'मैले मेरो काका र लाखौं उइगुरहरूको यातना शिविरमा रहेको भाग्यलाई स्वीकार गर्न सकिन र मलाई मेरो भतिजाको लागि डरलाग्दो महसुस भयो, जसले आफ्नो बुबालाई जन्मेपछि एकपटक पनि नद...