Thursday, April 30सत्यम खबर
Shadow

वडाअध्यक्ष बेहनालाई वडाबासीद्वारा “छोटे राजा” को तकमा

नेपालगन्ज, ५ जेठ – नेपालगंज उपमहानगरपालिका भित्र रहेको श्री ने.रा.प्र.वि. विद्यालय, जंगलीसिंहपुर्वालाई लिन सकिन्छ । उक्त विद्यालयको व्यवस्थापन समितिलाई नै वडाअध्यक्षको एकलौटी निर्देशनले विघटन गर्ने उर्दी जारी गरी न्यायालयसम्म जान विद्यालय व्यवस्थापन समितिलाई बाध्य बनाईएको थियो ।
कुरा व्यक्तिगत थियो जुन एउटा जग्गाको कित्ता नापी गर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदप्रकाश सिंहले आफ्नो कित्ता नाप गरी फर्किरहेको अवस्थामा वडा नं. २३ को वडा अध्यक्ष जबीर अली बेहनाको भाई नाता पर्नेले मेरो पनि जग्गा नापी गरिदिनुस भने पछि सिंहले म नापीवाला होइन तर पनि हजुरले भनेपछि सहयोग गरिदिन्छु भनी नापी गर्दा वडा नं. २३ का वडा अध्यक्ष बेहनाको कित्तामा भाईको जमिन च्यापेको देखिएको थियो ।
सोही विषयलाई लिएर वडाअध्यक्ष बेहनाले वि.व्य.स.का अध्यक्ष बेदप्रकाश सिंहलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिट पछि जिल्ला प्रहरीमा मुद्दा दर्ता भयो । त्यत्तिले वडा अध्यक्ष बेहनालाई नपुगेपछि उनले वडा नं. २३ को वडा शिक्षा समितिमार्फत आफै खटि विद्यालय व्यवस्थापन समिति विघटन गराउने पत्र पठाए । पत्र बोकी अदालतको ढोका ढकढकाउन पुगेका वि.व्य.स.अध्यक्ष सिंहले आखिर अदालतमार्फत न्याय पाएका छन् ।
उत्प्रेषण, प्रतिषेध र परमादेश समेतको निवेदनमा अन्तरिम आदेश जारी भएको छ । श्री उच्च अदालत तुलसीपुर नेपालगंज इजलासका माननीय न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने तथा पुरुषोत्तमप्रसाद ढकालको संयुक्त निर्णयले अन्तरिम आदेश जारी गरिएको छ ।
आदेशमा “प्रस्तुत निवेदनमा ने.रा.प्रा.वि. विद्यालय व्यवस्थापन समितिलाई विघटन गर्ने गरेको मिति २०८०÷१÷१७ को निर्णय तथा उक्त मितिको पत्र कार्यान्वयन नगर्नु नगराउनु तथा व्यवस्थापन समिति गठन नगर्नु नगराउनु भनी यस अदालतबाट मिति २०८०÷१÷२८ मा भएको अल्पकालिन अन्तरिम आदेशलाई सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको अन्तिम किनारा नहुँदासम्म उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम निरन्तरता प्रदान गरिदिएको” भनी आदेशमा उल्लेख गरिएको छ ।
यस बारे संक्षिप्त जानकारी दिंदै वडा नं. २३ कै बासिन्दाले समेत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष निर्दोष भएता पनि वडा अध्यक्ष जबीर अली बेहना “छोटे राजा” को दबङ्ग नीतिले गर्दा दुःख पाएको बताउँछन् ।
त्यति मात्र होइन यो त एउदा उदाहरण मात्र हो “छोटे राजा” वडाअध्यक्षले हालसम्म निर्वाचित भए पश्चात वडामा विकास निर्माण सम्बन्धी कुनै काम नगरेको आरोप लगाउँछन् । वडामा भएको बजेट आफू आसपास भएका व्यक्तिलाई चलाउन दिएको आरोप लगाउँदै स्वास्थ्य, शिक्षा, युवा क्लब लगायतमा समेत आवश्यक पहल कदमी नगरेको हुँदा विगतभन्दा पछाडी विकासको गति खस्किएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *