
नेपालगन्ज, ४ जेठ – यही जेठ ४ गते विहिबारका दिन जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीद्वारा शिक्षकहरुको अगाडी नै हातपात तथा दुव्यर्वहार गरिएको थियो । जानकी गाउँपालिका शिक्षा शाखा तथा पालिका भित्र रहेका विद्यालयका प्रअहरुको बैठक चलिरहेको बेला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डाँगीले प्रअ शिक्षिका माथि हातपातका साथै दुव्यर्वहार गरेको घटना लगत्तै अर्को दिन पालिका स्तरीय बसेको बैठकद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई (क्लीन चिट) दिने तर्फ संकेत गर्दै उहाँ निर्दोष भनी विज्ञप्ती नै निकालिएको थियो । तर उहाँ कुन अर्थमा दोषी वा निर्दोष रहेछन् त्यसको बूँदागत रुपमा हामीले आम पालिकाबासीहरुमार्फत संकलन गरेको भनाई मार्फत जानकारी गराउन चाहान्छौ भनी पीडितले बताएकी छन् ।
पीडितको भनाई अनुसार आफूमाथि भएको हातपात र दुव्र्यवहार घटना बारे कानूनी कारवाहीको मांग गर्दै हामी जिल्ला प्रहरी कार्यालय पुगेका थियौं तर सम्बन्धित पक्षले उहाँ निजामति कर्मचारी भएको हुँदा ३ महिना छानबिन गर्नु पर्ने भएकोले तत्काल मुद्दा दर्ता गर्न मिल्दैन भनेपछि हामी हाम्रो संगठनमार्फत प्रमुख डाँगीलाई कारवाही तथा तत्काल सरुवा नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।
हाम्रो देशको बिडम्बना नै मान्नु पर्दछ जहाँ महिलामाथि अपमान गर्नेलाई निजामति कर्मचारीदेखि राजनीतिक दलका नेताहरु समेत बचाऊ गर्न उभिन्छन् । देशलाई शिक्षाको माध्यमबाट उज्यालो प्रदान गर्ने प्रअ शिक्षकमाथि नै अन्याय भयो भने प्रहरी र कानून समक्ष नगएर कहाँ जाने भनी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामजानकी सोनीले भन्नुभयो ।
अध्यक्ष सोनीका अनुसार कतिपटक त मेरै सामुन्ने महिला शिक्षकहरुलाई अपशब्द बोलेको तथा हेपेको देखेपनि चुप लागी बसेका थियांै । तर अब अति भयो पटक पटक उनको अपमान सहन गर्न सकिदैन भन्दै म आफै पनि शिक्षकहरुको आन्दोलनमा सहभागिता जनाउन आएको बताउनुभयो ।
त्यतिमात्र कहाँ हो उनले शिक्षक माथि गरेको अपमानको उच्च सम्मान गर्दै जानकी गाउँपालिकाले उनलाई विदेश भ्रमणको लागि पठाएको बताउनुभयो । देशमा आर्थिक संकट परेको अवस्थामा, पालिका आफै प्रत्येक ठाउँबाट बजेट कटौती गरिरहेको अवस्थामा, यस्तो विवाद श्रृजना भएको अवस्थामा पालिका प्रमुख डाँगीलाई विदेश भ्रमणमा किन पठाईएको छ ? उनलाई विदेश भ्रमणमा पठाउन पालिकाले कति रकम खर्च गरेको छ ? सम्पूर्ण हिसाब हामीलाई पालिकाबासी भएको नाताले चाहिन्छ ।
मैले सुने अनुसार पालिका भित्र शिक्षाको बजेट कटौती गरी प्रशासकीय अधिकृत डाँगीले चार पंग्रे गाडी खरीद गर्नु भएको छ । सच्ची कै शिक्षाको बजेट कटौती गरी गाडी खरीद गरिएको छ भने त्यो हाम्रो पालिकाबासीको लागि दुर्भाग्यपूर्ण मान्नु पर्छ भनी पालिकाबासीहरुको भनाई रहेको पाईन्छ ।
पीडित पक्षले आज एक विज्ञाप्ती निकाल्दै कानूनी कारवाहीको साथै तत्काल सरुवा नगरे बृहत आन्दोलनको घोषण गर्ने चेतावनी दिएको छ ।
