अमेरिकी ठगी मुद्दामा चिनियाँ व्यापारी गुओ वेन्गुईको जमानत अस्वीकार
काठमाण्डौ, २ जेठ – चिनियाँ अर्बपति गुओ वेन्गुईलाई बिहीबार न्यूयोर्कका संघीय न्यायाधीशले ठगी र मनी लान्ड्रिङको आरोपमा जमानत अस्वीकार गरेको द वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे) ले रिपोर्ट गरेको छ।
निर्वासित व्यापारी र बेइजिङको मुखर आलोचकलाई गत महिना अमेरिकाले ठगीको आरोप लगाएपछि जमानत अस्वीकार गरिएको थियो। गुओले सन् २०१४ मा राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भ्रष्टाचार विरोधी कारवाहीका क्रममा चीन छाडेका थिए।
बेइजिङलाई आफ्नो म्यानहट्टन पेन्टहाउसबाट भ्रष्टाचारको आरोप लगाएर ध्यानाकर्षण गराउने गुओलाई गत महिना गिरफ्तार गरी १ अर्ब अमेरिकी डलरको ठगी योजनाको आरोप लगाइएको डब्लुएसजेले रिपोर्ट गरेको छ।
गुओ र उनका आर्थिक सल्लाहकार किन मिङ जेमाथि हजारौं पीडितहरूलाई धोका दिने योजना बनाएको आरोप छ। अभियोगमा ती दुईले आफू र आफ्नो परिवारलाई फाइदाको लागि ३० करोड अमेरिकी डलरभन्दा बढी प्रयोग गरेको आरोपमा उल्ले...









