Friday, March 21सत्यम खबर
Shadow

चीनले सीमा मिचेको विषय उठाउँदा नासुको आवरणमा मन्त्री र सचिवको धम्की

अभियानीलाई फोन गरेर धम्क्याउने को हुन शरद ढुङ्गाना ?
काठमाण्डौ, ५ अषाढ – चीनले सीमा मिचेर भौतिक संरचना बनाएको विषय उठाउने अभियानीलाई परराष्ट्र मन्त्रालयका कर्मचारीले फोन गरेर धम्क्याउन थालेका छन्।

छिमेकी राष्ट्र चीनले उत्तरी सीमामा सीमास्तम्भ सार्ने र भौतिक संरचना वनाउने तथा सेना राख्ने गरेको विषयमा आवाज उठाउँदै आएका राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवलाई कर्मचारीले फोन गरेर धम्क्याउने र तर्साउने गर्न थालेका हुन्।

पछिल्लो पटक आईतवार मन्त्रालयको ०१४२००१८५ नम्वरको ल्याण्डलाई फोन प्रयोग गरी आफुलाई नासु शरद ढूंगाना बताउने ब्यक्तिले यादवलाई धम्क्याएका छन्। ढुङ्गानाले ‘तपाईको कार्यालय कहाँ छ, कार्यालयमा निरिक्षण गर्नु पर्ने भो’ भन्दै फोन गरेका थिए। कुराकानीका क्रममा ‘चीनले सीमा मिचेको प्रमाण तपाईसँग के छ, त्यो हामीलाई दिनोस’ भन्दै तर्साउन खोजेको यादवले गुनासो गरेका छन्।

उनले अप्रत्यक्ष रुपमा ‘आईन्दा यस्ता विषयमा सोचेर मात्रै कुरा गर्न पनि’ सचेत तराएको यादवले वताएका छन्। ढुङ्गानाको कुरा सुनिसकेपछि आफुले ‘तपाईलाई मबाट चाहिएका कुरा इमेल मार्फत माग गर्नोस भएजति कुरा पठाई दिन्छु’ भनेपछि फोन काटेको यादवले जानकारी दिएका छन्।

कसैको इसारामा आफुलाई थर्काउनका लागि फोन गरिएको हो वा वास्तवमै सीमाका विषयमा चिन्ता ब्यक्त गरिएको हो ? भन्ने विषयमा आफु अन्यौलमा परेको अध्यक्ष यादवले वताए । ‘अह्राएका हुन भने मन्त्री वा सचिव कस्ले अह्राएका हुन ? अफिसियली कुरा गर्नुपर्छ। हैन भने यस्ता केटाकेटी हर्कत देखाउनु राम्रो होईन’ उनले भने।

मन्त्रालयको ०१४२००१८५ नम्वरमा नासु ढूंगानासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। यस विषयमा उनले आफनो प्रतिक्रिया दिन चाहेमा अर्को समाचारमा स्थान दिईने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *