
भृकुटीनगरमा मास्क बैंक सञ्चालन
नेपालगन्ज, ३ जेष्ठ – कोभिड प्रतिकार्यमा खटिएका ब्यक्ति तथा नागरिकहरुका लागि बासले नेपालगन्जमा मास्क बैंक सञ्चालनमा ल्याएको छ ।कोभिड प्रतिकार्यमा खटिरहेका महानुभाब र गाउँ–बस्तीमा रहेका नागरिकहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको मास्क बैंकको आज सोमबार एक कार्यक्रमका बिच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र उप प्रमुख उमा थापा मगरले उद्घाटन गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटिनगरमा सञ्चालन भएको मास्क बैंकको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख डा. राणाले कोरोना संक्रमणबाट बचाउने सबैभन्दा भरपर्दौ उपाय मास्क हुने भन्दै बैंकले मास्कको अभाव पुरा गर्ने विश्वास ब्यक्त गरे । उनले कोभिड नियन्त्रणका लागि बाँके जिल्ला मै उत्कृष्ट कार्य गरिरहेको बासले मास्क बैंक सञ्चालन गरेकोमा धन्यबाद ज्ञापन गरे । उनले मास्क...