
सन्त निरंकारी मण्डलद्वारा रक्तदान
नेपालगन्ज, ६ जेष्ठ – मानवीय सेवामा सदैव सर्मित सन्त निरंकारी मण्डलद्वारा मानव एकता दिवसको अवसरमा प्रत्येक वर्ष झै यस वर्षपनि रक्तदान कार्यक्रम सम्पन्न गरिरहेको छ ।फुल्टेक्रा वडा नं. ६ स्थित फुल्टेक्रा गाउँमा रहेको सन्त निरंकारी मण्डलको आश्रममा आज बिहान ८ बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरी १० बजेसम्म २८ बढीले रक्तदान गरिसकेको फुल्टेक्रा आश्रमका अध्यक्ष (मुखी) शिवप्रसाद गोडियाले बताउनुभयो ।
हाल कोभिड–१९ कोरोना भाईरस संक्रमितहरुको लागि रक्तको अधिक आवश्यक रहेको बेला अवधी भाषी समाजका अगुवाहरुलाई रक्तदान गर्नु सराहनीय कार्य भएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष समिरप्रसाद सिंहले बताउनुभयो ।
हालसम्म ८ पटक रक्तदान गरिसकेको आफ्नो अनुभव बारे जानकारी गराउँदै २४ वर्षिय रक्तदाता सुष्मिता श्रेष्ठले आजको महासंकटको बेला रक्तदान गर्न पाउँदाको खुसी नै बेग्लै रहेको बताउनुभयो...