नरैनापुरमा शिक्षाको बेतिथी बिरुद्ध युवाहरु आन्दोलित
नरैनापुर, १७ मंसिर – नरैनापुरका सामुदायिक बिद्यालयहरुमा भईरहेको लापरवाही, बेथिती बिरुद्ध नरैनापुरका युवाहरु आन्दोलित भएका छन् । आन्दोलनमा उत्रिएका युवाहरु नरैनापुर शिक्षा र स्वास्थय बाहेक सम्पुर्ण सेवा र यातायात अवरुद्ध गरेको बताएका छन ।
आन्दोलनकारीहरुले आज पहिलो दिन नरैनापुर–नेपालगन्ज सडकखण्डको कोहला नजिक ३ घण्टा सम्म सवारी साधन रोकेर बाटो अवरुद्घ गरेको आन्दोलनमा सहभागी नरैनापुर–६ का युवा नेता हेमकुमार यादवले बताए । यादवका अनुसार ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको अनुरोधमा ३ घण्टा पश्चात् अवरुद्ध बाटो खोलेको र आज सांझ बैठक बसेर भोली देखिको योजना सार्वजनिक गर्ने बताए ।
आन्दोलनकारीहरुले युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण कुमार चौधरीको शरुवा गर्नु पर्ने, गाउँ शिक्षा समिति खारेज गर्नु पर्ने, बिद्यालयहरुमा कक्षा १ देखि ८ सम्म लागू हुने स्थानिय पाठ्यक्रमको किताब यथासिघ्र...









