नेपालगन्ज महोत्सवमा प्रिति आले, श्रीकृष्ण बम मल्ल र आरुसी मगरको बेजोड प्रस्तुति
नेपालगन्ज, ७ माघ - आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगन्जको प्रदर्शनी स्थलमा चर्चित गायिका प्रिति आलेको सांगीतिक प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण बनेको छ ।
महोत्सवमा चर्चित गायिका आलेको रक्सी छैन जाडै खाउ है नभएनी मिठो बोलको चर्चित गीत प्रस्तुत गरेपछि नेपालगन्जका दर्शक जुर्मुराएका थिए । महोत्सवमा चर्चित गायिका आलेले गाउनुभएको ¥याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए ।
महोत्सवमा गायिका प्रितीले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आफ्नै बाटो लागिहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्कीन...









