Thursday, January 29सत्यम खबर
Shadow

बाँकेको ३ वटै निर्वाचन क्षेत्रबाट ६० जनाको उम्मेदवारी दर्ता

नेपालगन्ज, ७ माघ – बाँके जिल्लामा रहेको तीन निर्वाचन क्षेत्रमा ६० जना उम्मेदवारीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । बाँकेका तीन निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी दर्ता भएको स्रोतले जनाएको छ । जस मध्ये क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी दर्ता भएको छ । दर्ता उम्मेदवारहरुमा पार्टीगत र स्वतन्त्र गरेर २२ जनाले उम्मेदवारी दर्ता गराएको स्रोतले जनाएको छ । जस मध्ये ३ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको बताए ।

यसैगरी क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । भने क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । जस मध्ये ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने २ जनाको उम्मेदवारी होल्डमा राखिएको स्रोतले जनाएको छ ।

निर्वाचन आयोगले मंगलबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकेर दलहरुलाई मनोनयनको ब्यवस्था मिलाएको थियो । दलहरुले आ–आफ्नो समयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

बाँके क्षेत्र नम्बर १ मा दर्ता भएका उम्मेदवारहरुको नामावली यस प्रकार रहेको छ । दुर्गा थापा–नेपाल मजदुर किसान पार्टी, कृष्णा केसी–प्रगतिशील लोकतान्त्रिक पार्टी, दिवाकर वर्मा–स्वतन्त्र, धनबहादुर खड्का–उज्यालो नेपाल पार्टी, दिपकबहादुर शाही–स्वतन्त्र, सुरेशकुमार चौधरी–राष्ट्रिय स्वतन्त्र पार्टी, प्रदीप पौडेल–स्वतन्त्र, राजेन्द्रकुमार विश्वकर्मा–जनता समाजवादी पार्टी नेपाल, तुलसीराम सापकोटा–राष्ट्रिय जनमोर्चा, भरतनिधि तिवारी–श्रम संस्कृति पार्टी, सूर्यप्रसाद ढकाल–नेकपा एमाले, फेरुलाल चौधरी–मंगोल नेशनल अर्गनाइजेन, दिपक बुढाथोकी–नेकपा (माओवादी), प्रदिपकुमार शाह–राष्ट्रिय प्रजातन्त्र पार्टी, नरेन्द्रप्रसाद पाण्डे–नेपाली कम्युनिष्ट पार्टी, नारायणप्रसाद गौडेल–नेपाली काँग्रेसबाट रहेका छन् ।

यसैगरी बाँके क्षेत्र नम्बर २ मा दर्ता भएका उम्मेदवारहरुको नामावली यस प्रकार रहेको छ । सरस्वतीप्रसाद बर्मा– जनता समाजवादी पार्टी, गोपालप्रसाद गिरी– स्वतन्त्र, प्रकाश शाह –नेपाल मजदुर किसान पार्टी, सौरभ जंग शाह – स्वतन्त्र, ऋषिराज देवकोटा – राप्रपा, रामचरण चौधरी– श्रम संस्कृति पार्टी, मोहम्मद इस्तियाक राई – नेकपा एमाले, महेन्द्रबहादुर चन्द– नेकपा माओवादी, विजयकुमार गुप्ता–नेपाल जनता पार्टी, जगदिश ढकाल–राष्ट्रिय जनमोर्चा, सुधान्सु कोईराला– नेपाली काङ्ग्रेस, अब्दुल अमर साई –आम जनता पार्टी, दिपेन्द्र बिष्ट–नेपाल कम्युनिष्ट पार्टी, मनोजकुमार चौधरी– स्वतन्त्र, शैलेन्द्रकुमार कर्ण–उज्यालो नेपाल, मो. कमरुद्धिन राई– जनता समाजबादी पार्टी नेपाल, मजिल अली शेष – प्रगतिशिल लोकतान्त्रिक पार्टी, विवेककुमार श्रेष्ठ –राष्ट्रिय स्वतन्त्र पार्टी, बावु प्रकाश घिमिरे – राष्ट्रिय मुक्ति मोर्चा नेपाल, सिताराम यादव – राष्ट्रिय एकता दल, मोहमद आजाद साई – जनमत पार्टी, इरफान अहमद शेष –राष्ट्रिय जनमत पार्टीबाट रहेका छन् ।

यसैगरी बाँके क्षेत्र नं. ३ का उम्मेदवारहरुको नामावली यस प्रकार रहेको छ । भूमि महतरा–नेपाल मजदुर किसान पार्टी, मनोजकुमार थारु–मंगोल नेशनल अर्गनाइजेन, खगेन्द्रसुनार–राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रवीर कामी–नेकपा माक्सवादी पुष्पलाल, सुमन मल्ल–नेकपा एमाले, ओमकार थापा मगर–श्रम संस्कृति पार्टी, ध्रुवराज थारु–नागरिक उन्मुक्ति पार्टी, रुपकुमार चन्द–मितेरी पार्टी नेपाल, तारकसिंह थारु–राष्ट्रिय प्रजातन्त्र पार्टी, मुबारक अलि दर्जी–राष्ट्रिय जनमत पार्टी, विद्या शर्मा–आम जनता पार्टी, अमर सिंह पुन–नेपाली काँग्रेस, सूर्यलाल यादव–जनता समाजवादी पार्टी नेपाल, मनबहादुर सुनार–राष्ट्रिय जनमोर्चा, तेजबहादुर भण्डारी–प्रगतिशील लोकतान्त्रिक पार्टी, पदमबहादुर घर्ति–स्वतन्त्र, चेतबहादुर ओली–स्वतन्त्र, भिमबहादुर सुनार–स्वतन्त्र, फिरोज खाँ–जनमत पार्टी, भगवती शाह–स्वतन्त्र, दिपक जिएम–नेपाली कम्युनिष्ट पार्टी (पेण्डिंग), सूर्य प्रकाश रेग्मी–स्वतन्त्र (पेण्डिंग)बाट रहेका छन् ।
बाँकेको ३ वटै क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले बुधबार बिहानदेखि नै आफ्नो क्षेत्रमा मतदाताहरु माझ भोटको लागि पुग्न शुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *