Tuesday, June 16सत्यम खबर
Shadow

श्रम/रोजगार

नेपालगन्ज महोत्सवमा चर्चित गायीका रचना रिमालले नचाए दर्शक

नेपालगन्ज महोत्सवमा चर्चित गायीका रचना रिमालले नचाए दर्शक

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ माघ - नेपालगन्जमा जारी महोत्सवमा आज चर्चित गायीका रचना रिमालले दर्शकलाई नचाएका छन् । फोटो फ्रिममा, अच्छा लेकिन लण्डनको चिसोले समाउला, सम्झीने पानी छम्किने, भन साइला, आउ तिमि ंअगालोमा, तिमीले सोचे भन्दा धेरै, उनको प्रिति अहिले हो कि पहिले लगायतका दर्जन बढि चर्चित चर्चित गित प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्नु भएको थियो । गायीका रिमालको एकपछि एक चर्चित गितहरु प्रस्तुत गरेर दर्शकहरुलाई नचाएका थिए । यस्तै अर्का चर्चित गायीका संगिता बडुवालले पनि आफ्ना चर्चित चचित गित प्रस्तुत गरेर दर्शकहरुलाई झुमी झुमी नचाएका थिए । गायीका कडुवालले दर्शकहरुलाई देउडा गित गाएर दर्शकलाई देउडा खेलाएका थिए । उहाँको गितमा दर्शकहरु गोलबद्ध गराइ देउडा खेलाएका थिए । यस्तै गायक शक्ति चन्दले पनि दर्शकहरुलाई आफ्नो प्रस्तुतीले युवायुवतिहरुलाई झुमि झुमि नचाएका थिए । पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक...
क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीको अभिभावकसंग अन्तरक्रियात्मक कार्यशाला

क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीको अभिभावकसंग अन्तरक्रियात्मक कार्यशाला

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ माघ – क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले बालबालिकाहरुका अभिभावकहरुसंग अन्तरक्रियात्मक कार्यशालाको आयोजना गरेको छ । नेपालगन्ज–१२ बेलासपुर स्थित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले पहिलो पटक अभिभावकहरुसंंग आफ्नो विद्यालय परिसरमा यस किसिमको कार्यशालाको सम्पन्न गरेको हो । अभिभावकहरुलाई प्रारम्भिक बालविकासको परिचय, महत्व, अभिभावकको किसिम बारे जानकारी गराउने, अभिभावकहरुबाट आफ्ना बालबालिकाको जीवनमा आएको सकारात्मक परिवर्तनको बारेमा अनुभव आदान प्रदान गर्ने, विद्यालयको व्यवस्थापकिय तथा शैक्षिक गतिविधिबारे, समीक्षा गर्ने, विद्यालयको आगामी शैक्षिक सत्रमा गरिने कार्यक्रमहरु बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा अभिभावकहरुले रुचिका साथ सक्रिय सहभागी भएका थिए । कार्यशालामा विद्यालयका सस्थापक रेणु शेरचनबाट प्रारम्भिक बालविकासको परिचय, मन्टेश्वरी शिक्षा प्रणालीको...
वडा प्रहरीलाई फस्ट एड किड हस्तान्तरण

वडा प्रहरीलाई फस्ट एड किड हस्तान्तरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ माघ – नेपाल भारत जनमैत्री संगठन नेपालगन्जमार्फत वडा प्रहरी कार्यालय नेपालगन्जलाई २ थान फस्ट एड किड आज हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा नेपाल भारत जनमैत्री संगठनका अध्यक्ष सुमन धिमाल, सचिव शेखर थापा, सह–सचिव नितिनकुमार चक्रवती, सदस्य मदनलाल जैसी, शिवराज वर्मा, वडा नं. ८ का वडा सदस्य अमन गुप्ताको उपस्थितिमा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक शेखर खड्कालाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएको फस्ट एड किडमा बैण्डेज, कार्टन, डिएफओ जेल, सिजर, एन्टीसेप्टीक स्लोसन, टुमैट्रो–४००, स्लास्टीक रैप बैण्डेज, एडहेसिब टेप, पैरा सिटामोल, डाईजिन, हैण्डीप्लाष्ट, सोलुशन पोबिडन ओलाईन, एक्लोफ्रेन जुमी, मेट्रोडिएफ, मोफ्रिकियन ओईन्टमेन्ट, साबुन, ब्रुफलामलगायत औषधिजन्य सामानहरु रहेको थियो ।...
महोत्सबको तयारी तिब्र

महोत्सबको तयारी तिब्र

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ पाैष - यही पुष ३० गतेदेखि नेपालगन्जमा हुन लागेको महोत्सबको तयारी तिब्र पारेको छ । महोत्सव संचालन हुन दुई दिन बाँकी रहेको हुनाले तयारीलाई तिब्र पारेको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगन्ज महानगरपालिका समितिको सह आयोजनामा पुष ३० गतेदेखि माघ १० गतेसम्म आठौ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, प्रर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ नेपालगन्ज सडक डिभिजन परिसर नेपालगन्ज बाँकेमा सञ्चालन हुन गईरहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, कमल ...
हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डाै, २५ पाैष - हिन्दू राष्ट्र निर्माण, राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पुनर्जागरणको मूल नारासहित राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा आज काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। विनय यादवको अध्यक्षतामा गठित उक्त दलको घोषणा सभामा दलका नेता डा. श्याम नारायण लाभले दलको औपचारिक घोषणा पत्र तथा प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको थियो। घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष विनय यादवले नेपाल केवल भौगोलिक सीमाभित्र सीमित राष्ट्र नभई हजारौँ वर्ष पुरानो सनातन हिन्दू–बौद्ध सभ्यताबाट निर्मित जीवित राष्ट्र भएको स्पष्ट पार्नुभयो। “ऋषिमुनिहरूको तपस्या, वीर पूर्वजहरूको बलिदान र विविध संस्कृतिको जगमा उभिएको नेपाल आज सांस्कृतिक अतिक्रमण, वैचारिक भ्रम र राष्ट्रिय आत्मविश्वासको संकटबाट गुज्रिरहेको छ,” उहाँले भन्नुभयो। अध्यक्ष यादवले राष्ट्रिय एकता दलको मूल सिद्धान्त ‘संघीय हिन्दू गणतन्त्र’ भ...
डुडुवाको १९औँ गाउँसभा सम्पन्न

डुडुवाको १९औँ गाउँसभा सम्पन्न

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २५ पाैष - बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शुक्रबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष चौधरीले डुडुवामा निमार्णाधिन स्टेचु अफ शिव, पिकनिक स्पट, होमस्टे संचालन, सांस्कृतिक प्रबद्र्धन र ज्येष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण लगायतका कार्यक्रमको करिब रु तीन करोड बढीको बजेट थप गरि शंसोधन गरेको प्रस्तुत गर्नुभयो । कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, लघुउद्यम विकास कार्यक्रम, विकास निर्माण, संस्थागत विकास क्षेत्रबाट उपलब्ध प्रगतिबारे जानकारी गराउनु भएको थियो । उहाँले पालिकाले बेतहनी स्वास्थ्य चौकीमा स्थापन...
प्रमुख प्रशासकीय अधिकृत ऐडीकाे विदाई

प्रमुख प्रशासकीय अधिकृत ऐडीकाे विदाई

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
राप्तीसाेनारी, २४ पाैष - राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऎडीलाई बिदाइ गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको नियमित प्रशासनिक प्रक्रिया अनुसार प्रमुख प्रशासकीय अधिकृत ऎडीको इन्द्रवती गाउँपालिका सिन्धुपाल्चोक सरुवा भएको छ । सरुवा भएपछि गाउँपालिकाबाट बिदाइ गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत ऎडीलाई कार्यवाहक अध्यक्ष मनिसा सिंह थारुद्वारा मायाको चिनो प्रदान गर्दै खादा लगाएर बिदाइ गरिएको छ । संघीयता कार्यान्वयन गर्न हामी जनप्रतिनिधि जत्ति नै कर्मचारीहरुको पनि ठुलो योगदान रहेको भन्दै २० महिनाको बसाईँले राप्ती सोनारी गाउँपालिकाको विकासमा ऎडीको अहम भूमिका रहेको उल्लेख गर्दै आगामी यात्राको शुभकामना सहित आभार प्रकट गरेकी थिइन् । विदाई कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष थारुले प्रमुख प्रशासकीय अधिकृतको रुपमा ऎडीको योगदान प्रशंसनी...
बाँकेमा ३५ औं प्याब्सन डे भव्य रूपमा सम्पन्न, १२ विधामा विभिन्न व्यक्तित्व सम्मानित

बाँकेमा ३५ औं प्याब्सन डे भव्य रूपमा सम्पन्न, १२ विधामा विभिन्न व्यक्तित्व सम्मानित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ पौष – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेले ‘प्याब्सन डे’ भव्यताका साथ आज नेपालगन्जमा मनाएको छ । प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख बिष्टले प्याब्सनले शिक्षामा गुणस्तर वृद्धि गर्न उल्लेखनीय भूमिका खेलेको बताउँदै शिक्षा ऐनले निजी विद्यालयका मागहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्याब्सन खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा पनि समन्वयात्मक भूमिका निर्वाह गर्दै अगाडि बढिरहेको र विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “निजी विद्यालयहरूले प्रदान गरेको शिक्षाले शिक्षा क्षेत्रको विकासमा सहयोगी भूमिका खेलेको छ । अब आगाम...
गजल

गजल

कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
शोषित पीडित गरिवका दर्द सुन्ने सरकार चाहियो भत्केका गाउँबस्तीहरु कै सामुन्ने सरकार चाहियो| धेरै खपिन आँधीहुरी देशमा तुफान उठ्दा खेरी नयन पुछी आमाको आँसु थुन्ने सरकार चाहियो| हत्याहिंसा अस्थिरताले खुसी लुट्यो मुहार बाट निरसा हटाई विकासको मार्ग चुन्ने सरकार चाहियो l जरा गाडेकै छ समाजमा जातधर्म छुवाछुतले बन्धन सारा तोडी नयाँ सोच गुन्ने सरकार चाहियो l हिमाली पहाडी मधेसी एकै दाजुभाइ हौं सबै हामी सयौंफूल जोडी एकताको माला उन्ने सरकार चाहियो | कल्पना पौडेल 'जिज्ञासु' खजुरा बाँके नेपाल...
स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २४ पौष – बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा जिल्ला मै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त कुल७९.३६ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो । प्रथम भएको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशन चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले उत्कृष्ट प्रमाण पत्रसंगै सम्मान गर्नुभयो । डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको ‘स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको प्रथम चौमासिक अवधिको समिक्षा तथा कार्ययोजना गोष्ठी’ मा उत्कृष्ट पालिकाहरुलाई सम्मान गरिएको हो । स्वास्थ्य सेवा तथा कार्यक्रमहरु...