Tuesday, April 14सत्यम खबर
Shadow

सहरका सीमान्तकृत

२०७७ चैत १४ गते


स्याहार सुसार पाउने उमेरका सफी मोहम्मद किंघरियन अहिले पनि गुजाराकै लागि गाउँ÷टोल चाहर्छन् । ७५ वर्षिय किंघरियन एका विहानै घरबाट निस्किन्छन् र साँझपख मात्र पुग्छन् । ‘किंगरी’ (एक प्रकारको वाजा) बजाएर सीदा (चामल, पैंसा) माग्दै जीवन धानीरहेका छन् । उनी नेपालगन्जदेखि करिब ६ किलोमिटर पुर्व पुरैनी किंघरियनपुर्वामा बस्छन् । किंघरियन, लोपोन्मुख र संकटोन्मुख जाति मध्येको एक हो । राष्ट्रिय जनगणना अनुसार नेपालमा किंघरियनहरुको जनसंख्या करिब १ हजार ३ सय ५० रहेको छ । ंिकंघरियनहरु साविकको पुरैनी– ७ र ८ मा बसोवास गर्दछन् । सो क्षेत्र हाल नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. २२ मा पर्दछ ।
मुस्लिम समुदायको उपेक्षित जातिका रुपमा हेरिने किंघरियनहरु ंिकंगरी (चिकारा) बजाएर गुजारा गर्ने हुनाले नै किंघरियन कहलीन थालेका हुन् । ंिकंगरी बजाउने, कड्खा र बिरहा लगायतका गीत गाउँने मोहम्मद समुदायको (हाल) एक्लो पात्र हुन् । किंगरी बजाउँदै गाउँ÷शहर डुलेर पैंसा अनी खानेकुरा जोहो गर्ने र परिवार पाल्ने उनीहरुको पुख्र्याैली पेशा हो । पुस्तौनी काम लोप भइसकेपनि गुजारा गर्ने चुनौती भने थपीदैछन् । शहरभित्रका किंघरियन अहिले पनि गरिवीमा पील्सीएका छन् । जीवन गुजाराकै लागि मजुदुरी गर्ने, रिक्सा चलाउने, लुगालत्ता (कपडा)÷ काठ बेच्ने लगायतका काममा संलग्न छन् । दिनभर काम ग¥यो, साँझ खायो । (अधिकांस किंघरियनको दिनचर्या यही छ । अधिकांशका घर अहिले पनि माटोको गारो र फुसको छानोले बनेका छन् । शैक्षिक, आर्थिक र चेतनाका हिसावले पनि पछाडी छन् । गाउँमै एउटा प्रावि र एउटा मदरसा पनि सञ्चालनमा छन । तर अधिकांस बालबालिका विद्यालय नै जाँदैनन् । गएपनि राम्ररी पढदैनन् । हालसम्म किंघरियन समुदायबाट एसएलसी उत्तिर्ण गर्ने तीन जना मात्र छन्् । उचित शिक्षा, सचेतना र सरकारी सेवा सुविधा नपाएका कारण विकास हुन नसकेको मदरसा अहमदिया दारुल इस्लामका व्यवस्थापन समिति अध्यक्ष खालिद हुसैन किंघरियाको तर्क छ ।


किंघरियन जस्तै नेपालगञ्ज शहरभित्रै रहेका तर हरेक कोणबाट पछाडी परेका अन्य जाति÷समुदाय पनि छन् । थप केही सीमान्तकृत जातिका बारेमा यहाँ उल्लेख गर्न खोजिएको छ ।
चिडिमार – भारतबाट नेपाल ल्याइएका बहेलीया नै चराचुरुङ्गी मारेर जीवन निर्वाह गर्न थालेपछि चिडिमार बनेका हुन् । नेपालगन्ज– १६ (हाल १२) मा बसोबास गर्ने चिडीमार अन्य क्षेत्रमा नपाईने लोपोन्ुमख तथा सीमान्तकृत जाति हो । चिडिमार बाँकेमा २५ सयको हाराहारीमा छन् । जंगल प्रशस्त भएका बेला उनीहरु चरा मार्ने काम गर्थे । जाल, नरकुल, लाशा आदि प्रयोग गरेर चरा छोप्ने र वजारमा ल्याई बेच्ने गर्दथे । चरा बेचे वापतको पैंसा नै गुजाराको श्रोत बन्थ्यो तर अहिले त्यो कर्म त्यागीसकेका छन् । चिडीमार टोलमा अहिले पनि चरा शिकारी छन् तर शिकार छैन । चरा समात्ने साधान पनि जीर्ण र टुटफुट छन् । पेशा त लोप नै भइसकेको
छ । बन÷ जंगल, खेतमा चरा मार्न गएको विगत सम्झीनेहरु अचेल अन्य पेशामा लाग्न बाध्य भएका छन् । पुस्तौनी पेशा लोप भएपछि नयाँ पुस्ताले नयाँ पेशा अपनाएपनि नयाँ जीवन जीउन भने सकेका छैनन् । बजार क्षेत्रमै जोडीएर पनि व्यवसायिक क्षेत्र÷पेशामा जोडीएका
छैनन् । धेरैले दिनहु मजदुरी गर्ने र गुजारा गर्ने बाहेक केही गर्न सकेको देखीदैन । अधिकांस मिस्त्री (गारोलगाउने)को काम गर्ने, रिक्सा चलाउने, मजदुरी गर्ने लगायत काममा जुटेका छन् । सरकारी निकाय लगायत संघ संस्थाबाट साक्षर बनाउने अनेकन प्रयासहरु पनि गरिए तर अधिकांस व्यक्ति निरक्षर छन् । आफु त विद्यालय गएनन् नै आफना बालबालिकालाई पनि विद्यालय पठाउन मन गर्दैनन् । जवकी सरकारले वच्चा वच्ची स्कुल पठाउन भनेर मासिक खर्च समेत दिने गरेको छ । चिडीमारमा एसएलसी पास गरेकाहरु औंलामा गन्न सकिने मात्र छन् ।
कुशबंधीया (नेपालगन्ज–७ (हाल ६) फुल्टेक्रामा रहेका कुशबंधीया पनि अल्पसंख्यक जातिको सूचीमा छ । जंगलबाट बनकस, अम्रीसो ल्याई कुचो÷डोरी बनाई बेच्ने भएकाले कुशबंधीया भनीएको हुन सक्ने बुझु्रकहरु बताउँछन् । पत्थरकट्टा÷शिलकट्का रुपमा समेत चीनीने कुशबंधीया जातो, सीलौटो, लोहोरो आदि घरेलु सामान ढुंगा काटेर निर्माण गरि बेचविखन गर्ने गर्दछन् । नेपालगन्ज क्षेत्रमा कुशबंधीयाका दुई सय परिवार मात्र रहेका छन् । केही परिवार राँझा र इन्द्रपुरमा पनि छन् । भारतबाट ढुंगा ल्याएर फोडेर जातो, सीलौटोको आकारमा ढाल्नु नै उनीहरुको मुख्य काम हो । पत्थर नै जीवीकोपार्जनको मुख्य माध्यम भएपनि अहिले अनेकन चुनौतीहरु थपीदैछन् । उनीहरु कुचो, चट्टाई, मचीया (खटुली) बनाएर पनि विक्री गर्ने गर्दछन् । ढुंगालाई फोर्ने, आकारमा ढाल्ने र बुट्टा भर्ने काम घरमै बसेर गर्दछन् । ढुंगालाई नै आयश्रोतको प्रमुख माध्यम बनाएका उनीहरु आजभोली मिक्सचर, रेडिमेड मसला आदिको प्रयोगले पनि प्रभावित छन् । भारतबाट ढंगा ल्याउदा पनि अनेकन अवरोधहरु झेलीरहेका छन् । ढुंगा भारतदेखि नेपालसम्म ल्याउँदा भन्सार कर्मचारीदेखि प्रहरीसम्मले दुख दिने गरेको उनीहरुको गुनासो छ । घरबार बाहेक जग्गा जमीन नभएका उनीहरुमा वचत गर्ने बानी छैन् । लोपोन्मुख जातजातिलाई दिइने मासिक भत्ता समेत सदुपयोगमा
ल्याइदैन् । उनीहरुमा अनावश्यक खर्च गरेर सक्ने प्रवृति पनि छ । लोपोन्मुख÷ सीमान्तकृत जातिका नाममा आउने कार्यक्रम पनि सही रुपमा कार्यान्वयन÷ सदुपयोग भएको पाइदैन । यसमा सोही समुदायका केही टाठा वाठाले नै आफुअनुकल चलाउँछन् । डोरी बांटने पेशा भएकाले सनपाट लगायतका डोरी बाटने अत्याधुनीक मेशीन लगायतका उपकरण ल्याउनु पर्ने पनि अधिकांसको माग छ । सरकारले जातो, सीलौटो, लोहोरो बन्ने खालका ढंगाहरु उपव्ध गराई दिएमात्र पनि जीवनस्तरमा उक्सीने उनीहरुको विश्वास छ ।
घंसीयारा– नेपालगन्जमा मात्र पाइने घंसींयाराको पनि आफनो छुट्टै पहिचान, पेशा, चाल चलन रहेको छ । नदिमा डुंगा खीयाउने र माछा मारेर जीवन गुजारा गर्ने केवटहरु नै पछि घांस काट्न थालेपछि घसींयारा कहलीन थालेका हुन् । घसीयारनको नेपालगञ्ज ११ (हाल८) मा बसोबास छ । ढाई सयको हाराहारीमा रहेका घंसीयाराहरु दिनभर घांस काटने र साँझ पख बेच्ने गर्दछन् । घोडा, खच्चरको आहराका लागि काटीने घांस त्यहीं घांसमण्डीमै राखेर बेचीन्छ । पुस्तौनी पेशाबाट मात्र जीवीकोपार्जनमा समस्या भएपछि घंसीयाराहरु दुना÷टपरी बुन्ने, ठेला लगाउने, साग÷सव्जी बेच्ने आदि पनि गर्न थालेका छन् । भूमिहीन घंसीयारा उचित वसोबास र कामको प्रतिक्षामा छन् । तत्कालीन नेपालगन्ज नगरपालिकाले घंसीयाराका लागि दुना÷टपरी बुन्न सीकाउने, ऋण दिएर वचत गर्न लगाउने लगायतका आयआर्जन र सशक्तिकरणका कार्यक्रम दिएपनि उनीहरुमा सशक्तिकरण आएको देखीदैन । अधिकांस गरिव र अशिक्षीत मात्र हैन, काम विहीन छन् । पेशा सुहाउँदो काम, रोजगारी आदि प्रदान गर्न सके उत्थान हुन्थ्यो कि ? भन्ने उनीहरुको बुझाई छ ।
बत्तिमुनीको अध्यारो भने झैं माथि उल्लेखीत जाति साच्चीकै अध्यारोमै छन् । उनीहरुको पहिचान, अस्तित्व, पेशा फरक फरक भएपनि जीवीकोपार्जनका समस्या र सवाल एकै प्रकारका छन् । केही जाति श्रम गर्न पछि नपर्ने छन् भने केही बसी बसी खान खोज्ने प्रवृतिका पनि छन् । गरिआएको पेशा÷व्यवसाय संकटमा पर्दै गएपछि वीचलीत हुनु अस्वभाविक नभएपनि काम गर्नै नचाहनु भने दुखद
हो । सरकारले उनीहरुका लागि केही गर्न खोजेजस्तो देखीएपनि उनीहरुको आवश्यक्ता र माग सुहाउँदो छैन । जसकाकारण उनीहरु विकासको मुलधारमा आउन सकिरहेका छैनन् । सरकारले उनीहरुमा शिक्षा, स्वास्थ्य, अधिकार लगायत सचेतनाका कुराहरु प्रत्याभुत गराउन सकेको छैन । जवसम्म उनीहरुको रोजीरोटीको उचित व्यवस्था तथा सन्तानलाई अनिवार्य र उचित शिक्षा दिइदैन । तवसम्म उनीहरुमा परिवर्तन र विकास सम्भव देखीदैन । बालबालिकालाई पढाउनु पर्छ भन्ने सोचाई भएपनि आफु काममा हिडेपछि बच्चा बच्चीलाई स साना बच्चा र घर हेर्न खटाइएको पाइन्छ । साथै उनीहरुलाई खर्चालु हुनबाट जोगाउने र आत्मनिर्भर बनाउने खालका सचेतनामुलक र सशक्तिकरणका कार्यक्रम पनि ल्याउन जरुरी छ । उपेक्षित÷गरिव समुदाय नाममा खोलिएका संघसस्था र तिनका नाममा आएका दातृ निकायले पनि उनीहरुको आवश्यक्ता र मागलाई सम्वोधन गर्न जरुरी छ । अन्यथा आफनो ढंगबाट लादीएको विकास र कार्यक्रमले पक्कै पनि प्रभावकारिता देखाउदैन । उनीहरुको समग्र उत्थान र विकास गर्ने हो भने सरकारले पुस्तौनी पेशासँगै हाल अपनाईरहेको पेशा÷व्यवसायलाई मध्यनजर गर्नु जरुरी छ । परम्परागत पेशा सुहाउँदो काम र दिगो जीवीकोपार्जन लगायतका कार्यक्रम संचालन गर्नु पर्ने आवश्यक्ता देखिन्छ ।
(स्रोतः समाज जागरण साप्ताहिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *