किन गायब हुन्छन् चिनियाँ नेता, सैन्य अधिकारी र अर्बपति ?
काठमाण्डौ, १२ असोज, शुक्रबारकृष्ण तिमल्सिनाचिनियाँ रक्षामन्त्री ली साङ्फू बेपत्ता छन्। चिनियाँ नेता सी चिन फिङप्रति वफादार ठानिएका अनि मन्त्रीस्तरीय वरीयता भन्दामाथि रहेका पाँच जना चिनियाँ स्टेट काउन्सिलर मध्येका एक प्रभावशाली सदस्य तत्कालीन चिनियाँ विदेशमन्त्री चिन गाङ बेपत्ता भएको केही महिनापछि नै बेपत्ता भएका दोस्रो वरिष्ठ अधिकारी हुन्।
निरन्तर वरिष्ठ राजनीतिक तथा सैन्य अधिकारी हराउन थालेपछि वरिष्ठ अमेरिकी कूटनीतिज्ञ राहम एमानुएलले प्रश्न उठाएका छन्। चिनियाँ रक्षामन्त्री ली साङ्फू तीन सातादेखि कतै देखिएका छैनन्। रक्षामन्त्री लीको अकस्मात भियतनाम भ्रमण रद्द गरेको समाचार बाहिर आएपछि अमेरिकी कूटनीतिज्ञ राहम एमानुएलले प्रश्न उठाए पनि बेइजिङले कुनै प्रतिक्रिया जनाएको छैन। यही बीचमा राष्ट्रपति सी प्रशासनले कैयौँ उच्च पदस्थ सैनिक अधिकारी सम्भावित सैन्य विद्रोह टार्न पदबाट बर्खास्त गरेको दाब...









