नेपालगन्जमा गाईजात्रा महोत्सव भव्यताका साथ सम्पन्न
नेपालगन्ज, ७ भाद्र - बाँके जिल्लाका नेवार समुदायले वर्षभरि दिवंगत भएका पितृहरूको सम्मान, सम्झना तथा मुक्ति, आत्माको शान्तिका लागि मनाइने गाईजात्रा पर्व आज सोमवार महोत्सवको रुपमा सम्पन्न भयो ।
बाँके जिल्लाका नेवारहरुको संगठन नेवाः पुचः बाँके, नेवाः देयः दवू बाँके र बाँके जिल्लामा रहेका ६ वटा विभिन्न गुठीहरुको संयुक्त आयोजनामा पहिलो पटक “गाईजात्रा विशेष महोत्सव” को रुपमा मनाइएको हो ।
नेपालगन्जको धम्बोझी चोकबाट यस वर्ष दिवंगत भएका नेवार समुदायका परिवारका सदस्यहरुबाट तयार गरिएका विशेष रुपमा सिंगारिएका गाईका प्रतिक बालबालिकाहरु, तायः मचा लगायतका झाँकीहरुले दिवंगतहरुको सम्झनामा तयार पारिएका निर्गुण, भजन र बाजा गाजाका साथ नगर परिक्रमा गरी बागेश्वरी मन्दिर परिसरमा विशेष कार्यक्रममा परिणत भयो ।
महोत्सवमा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत बसोबास गर्ने वर्षभरी दिवंगत भएका व्यक्तिको सम्मान र ...






