Wednesday, September 16सत्यम खबर
Shadow

धार्मिक

अमेरिकी टाेलीले दलाई लामालाई भेटेपछि तिब्बती निर्वासित मन्त्रीकाे जवाफ: ‘चीनलाई स्पष्ट र ठूलो सन्देश छ’

अमेरिकी टाेलीले दलाई लामालाई भेटेपछि तिब्बती निर्वासित मन्त्रीकाे जवाफ: ‘चीनलाई स्पष्ट र ठूलो सन्देश छ’

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० असार – अमेरिकाको कंग्रेसको प्रतिनिधिमण्डलले निर्वासित तिब्बती धर्मगुरु दलाई लामालाई धर्मशालामा भेट गरेपछि तिब्बतका नेताहरूले तिब्बतका लागि अन्तर्राष्ट्रिय समर्थनमा दृढ अडान दोहोर्याएका छन्। र, चीनलाई स्पष्ट सन्देश दिएको औँल्याएका छन्। कंग्रेस सदस्य माइकल म्याकलको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले बुधबार तिब्बती धर्मगुरु दलाई लामासँग उनको निवासमा भेटवार्ता गरेको थियो। निर्वासित तिब्बतीकी सुरक्षा मन्त्री डोल्मा ग्यारीले भ्रमणको महत्वलाई जोड दिँदै भनिन्, ‘मलाई लाग्छ यो सन्देश चीनका लागि ठूलो र स्पष्ट छ। विश्वका स्वतन्त्रताप्रेमी राष्ट्रहरू, शान्ति र न्यायको प्रवर्द्धन गर्ने मानिसहरू, तिब्बतलाई समर्थन गर्नुहोस्।’ धर्मशालामा दलाई लामासँगै अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डलको उपस्थितिसँगै ग्यारीले समयको प्रतीकात्मकतालाई प्रकाश पारेको उनको भनाइ छ। ‘यो न्याय र तिब्बती जनता...
चीन-अमेरिकाको विवादमा भारतको सरल प्रतिक्रिया:‘धार्मिक गतिविधिका लागि दलाई लामा स्वतन्त्र’

चीन-अमेरिकाको विवादमा भारतको सरल प्रतिक्रिया:‘धार्मिक गतिविधिका लागि दलाई लामा स्वतन्त्र’

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० असार – तिब्बती धार्मिक नेता दलाई लामालाई लिएर चीन र अमेरिकाबीच विवाद चलिरहेका बेला भारत ने सरल प्रतिक्रिया दिएको छ। यद्यपि, भारतले यो संकेत पनि प्रस्ट गरेको छ कि दलाई लामालाई समर्थन जारी रहन्छ। लामालाई भारतमा धार्मिक र आध्यात्मिक गतिविधिधि गर्न पूर्ण स्वतन्त्रता छ। भारतले हालै यो प्रतिक्रिया दिएको हो, यसअघि अमेरिकाको संसदीय दलको प्रतिनिधिमण्डलको टोली दलाई लामासँग भेट गरेर स्वदेश फर्किसकेको छ। पछिल्ला केही वर्ष विदेश नगएका लामा अहिले बाहिर हिँडिसकेका छन्। उनको विदेश यात्रालाई लिएर कूटनीतिक वृत्तमा चर्चा भइरहेको छ। विदेश मन्त्रालयका प्रवक्ता रंधीर जायसवाललाई अमेरिकी प्रतिनिधिमण्डलको सात सदस्यीय टोलीले दलाई लामासँगको भेट र चीनको प्रतिक्रियाबारे सोधिएको थियो। जवाफमा जायसवालले भने, ‘यो बारेमा अमेरिकी दलसँग सवाल गर्न सल्लाह दिन्छु।’उनले दलाई लामाको बारेमा भने, ‘सम्म...
विद्यालयको जमिन मदरसा बनाउन कब्जा गर्न खोज्दा विवाद

विद्यालयको जमिन मदरसा बनाउन कब्जा गर्न खोज्दा विवाद

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जनकपुरधाम, ९ असार – जनकपुरधाम वडा नं–१९ शिवपुर स्थित रहेको सामुदायिक विद्यालय श्री जनता माध्यमिक विधालयको ३ कठ्ठा जमिन मुिस्लम समुदायले जबरजस्ती कब्जा गर्न खोजेको तथा मस्जिद बनाउन चौतर्फी पर्खाल खडा गरेको हुँदा हाल जनकपुरधाम वडा नम्बर १९ शिवपुरको अवस्था तनावमय बनेको छ ।यसै क्रममा हिन्दू समुदाय तथा विधालयमा अध्ययन गर्न गएका स–साना विधार्थीहरू माथि मुस्लिम समुदायले हातपात गरेको जनाईएको छ । मुस्लिम समुदायको यस्तो राक्षसी कु–कृत्यको हिन्दु सम्राट सेनाले घोर भत्र्सना गरेको छ । श्री जनता माध्यमिक विद्यालयले अभिभावकसहितको एक भेला आयोजना गरी उक्त कार्यको बिरोध गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । भेलामार्फत विद्यालयले जमिन कब्जा सम्बन्धी विभिन्न कार्य गर्ने निर्णय गर्दै समाज र कानून विरूद्ध गई मुस्लिम समुदायले विद्यालयको भोगाअधिकार क्षेत्रमा रहेको तथा विगतदेखि नै उक्त जमिन कब्जा गर...
हिन्दू स्वयंसेवक संघको जिल्ला वार्षिक योजना बैठक सम्पन्न

हिन्दू स्वयंसेवक संघको जिल्ला वार्षिक योजना बैठक सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ असार – हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगन्ज बाँकेको जिल्ला वार्षिक योजना बैठक एक कार्यक्रम बिच शनिवार सम्पन्न भएको छ ।हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगन्ज बाँकेका जिल्ला संघ चालक (अध्यक्ष) फूलचन्द तिवारीको अध्यक्षतामा, संघका कर्णली, लुम्बिनी प्रदेशका संभाग प्रचारक बिकुल दाहालद्वारा सञ्चालित कार्यक्रममा आद्य सरसंचालक डा. केशव वलीराम हेडगेवर, परम पूज्यनीय सदाशिवराज गोलगेवार (श्री गुरुजी)को तस्वीरमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगन्जका बौद्धिक प्रमुख भूपेन्द्र अधिकारीले संघको परिचय दिदैं प्रकाश पार्नु भएको थियो । बालुवाको पिण्ड बनाउँदा जति कठिन हुन्छ त्यति हिन्दूलाई एकत्रित गर्न बडा कठिन हुन्छ । धु्रवराज शर्मा कार्यवाह (जिल्ला सचिव) ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।संघका बौद्धिक प्रमुख खडगबहादुर बोहराले सं...
पोखरा माता मन्दिर गौशालाबाट चोरी भएको गाई हलबल डोलीमा

पोखरा माता मन्दिर गौशालाबाट चोरी भएको गाई हलबल डोलीमा

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ जेठ – मंगलबार अबेर राती राप्ती सोनारी गाउँपालिका वडा नं. ७ स्थिति रहेको पोखरा माता मन्दिर लालपुर गौशालाबाट १०० बढी गाईहरु चोरी भएको थियो ।उक्त चोरी भएको गाई जो हाम्रो देश नेपालको राष्ट्रिय जनावर समेत रहेको छ । धार्मिक ग्रन्थमा हिन्दुहरुको आस्था रहेको हुँदा कसैले गौशालाबाट गाई चोरी गरि लगेको स्थानीयहरुको आरोप रहेको थियो । तर आज डुडुवा गाउँपालिका वडा नं. ३ हलबल डोली स्थित गाउँको चौरमा करीब ६० थान गाईहरु फेला परेको अनिशकुमारले जानकारी गराउनुभयो । अनिशकुमारले दिएको जानकारी अनुसार ६० थान गाई हाल हलबल डोली गाउँको चौरमा (खेत) मा घास खाईरहेको अवस्थामा फेला परेको हुँदा हामीले स्थानीय बेतहनी स्थित ईलाका प्रहरी कार्यालयलाई जानकारी गराएका छौं ।यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार भगवानपुर ईलाका प्रहरी कार्यालयले पहल गरिरहेको छ ।...
मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गर्ने

मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गर्ने

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २७ जेठ – संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरिएको छ ।मन्त्री तामाङले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेका हुन् । मन्त्री तामाङको आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने उद्घोष गरे ।मन्त्री तामाङले यो वर्षको बजेटमार्फत त्यस स्थानमा सङ्ग्राहलय बनाउन ग्लान समाजको संयोजनमा ‘ग्लान उद्गमथलो ङारदिम संरक्षण तथा प्रवर्द्वन केन्द्र’ शिर्षकमा ९० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका हुन् । default यसैगरी बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यसको ठाउँको संस्कृति जोगाउनुपर्ने बताए । उनले भने, ‘ग्लानहरुले खोज्दै आउँदा ग्लानको थातथलोमा आफ्नै संस्कृति पाउनुपर्छ, त्यसको लागि जोगाउनु प...
चितवनमा संघ शिक्षा वर्ग २०८१ समापन समारोह सम्पन्न

चितवनमा संघ शिक्षा वर्ग २०८१ समापन समारोह सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ जेठ – नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेलको प्रमुख अतिथिता र माननीय सर्वाधिकारी विष्णुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । समापन समारोहमा प्रमुख वक्ता संघका माननीय राष्ट्रिय संघचालक कल्याणकुमार तिम्सिना, विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष प्रमेश्वर खनाल, वर्ग संयोजक टंकनाथ पौडेल, वरिष्ठ समाजसेवी उमाशंकर अग्रवाल, ब्रह्माण समाज नेपाल चितवन जिल्ला अध्यक्ष रुद्र पौडेल, संघका भरतपुर महानगरपालिकाका मा.नगर संघचालक महाप्रसाद सिलवाल, सर्व व्यवस्था प्रमुख रुद्रप्रसाद न्यौपानेलगायत भरतपुर महानगरका सयौं व्यक्तित्वहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको छ । प्रशिक्षाक्षार्थीद्वारा कार्यक्रममा घोष, दण्ड, यष्टी, निःयुद्ध, खेल, व्यायाम योग, सामूहिक समता, आसन, सूर्य नमस्कार विषयको शारीरिक प्रदर्शन गएिको थियो । वर्ग सञ...
तेस्रो मंगलबारका दिन विभिन्न स्थानमा भब्य भण्डारको साथै हनुमान चालिसा पाठ

तेस्रो मंगलबारका दिन विभिन्न स्थानमा भब्य भण्डारको साथै हनुमान चालिसा पाठ

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ जेठ – धार्मिक मान्यता अनुसार जेठ महिनामा पर्ने प्रत्येक मंगलबारको दिन अति नै शुभ मानिएको छ । उक्त दिनमा दानपुण्य गरे, कोही भुखो पेटलाई खाना खुवाए अति नै पुण्य आर्जित गर्ने मान्यता रहेको हुँदा नेपालगन्ज उपमहानगरपालिका भित्र आस्थावान धार्मिक व्यक्तित्वहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी भब्य रुपले मनाउने गरेका छन् । oplus_0 गत मंगलबार जस्तै जेठको तेस्रो मंगलबार पनि विभिन्न स्थानमा भण्डारको आयोजना गरिनुका साथै भगवान श्रीरामका प्रिय भक्त हनुमान जीको हनुमान चालिसा पाठ समेत बाचन गरी भक्तजनहरुलाई भगवान श्रीरामको कथा समेत श्रवण गराईएको छ ।यसैक्रम क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा स्थित धार्मिक पर्यटकीय स्थल श्री १००८ हडियाबाबा आश्रममा समेत हनुमान चालिसा पाठ समितिद्वारा ४५ आंै श्रृंखलाको आयोजना गरी भब्य रुपले भगवान श्रीरामको कथा श्रवण गराउनुका साथै भग...
विभिन्न कार्यक्रम गरी २५६८ औं बुद्ध जयन्ती मनाए

विभिन्न कार्यक्रम गरी २५६८ औं बुद्ध जयन्ती मनाए

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ जेठ – बौद्ध महिला संघ नेपालगन्ज बाँकेद्वारा सप्ताह ब्यापी कार्यक्रममा विभिन्न कार्यक्रम गरी २५६८ औं बुद्ध जयन्ती मनाएका छन् ।सप्ताहब्यापी कार्यक्रम अन्तर्गत कार्यक्रममा रक्तदान कार्यक्रमको आयोजना, कल्पबृक्षदान जस अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२ घरवारीटोलमा रहेको नेपाल आधारभूत बिद्यालयका २ र ३ कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई र स्थानीय १० वर्ष मुनिका बालबालिका लगायत १ सय ५ जनालाई घरायसी सामाग्री, भाँडा, स्टेस्नरीका समानहरु, बुद्धभगवानको मूर्ति लगाउनका लागी सामानहरु बितरण गरिएको थियो । बुद्ध जयन्तीको दिनमा बुद्ध भगवानको मूर्ति सहित नेपालगन्ज नगरको परिक्रमा गरी ¥याली निकालिएको थियो । सो अवसरमा यशोधरा बौद्ध महिला संघ बाँके, झिगु शाक्य पुचः तथा हर्षकीर्ति बिहारले बुद्ध जयन्तीको दिनमा प्रसाद वितरणको कार्यक्रम गरेको थियो भने सोही दिन साँझा ६ बजे भेरी अस्पताल नेप...
सशक्त आन्दोलनको तयारीमा संघर्ष समिति

सशक्त आन्दोलनको तयारीमा संघर्ष समिति

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ ज्येष्ठ – बाँकेको ऐतिहासिक नगरी नेपालगन्जमा रहेको बागेश्वरी शक्तिपिठका पूजारी चन्दननाथ योगीले भक्तजन तथा साधुसन्तहरु प्रति गरेको दुव्यर्वहारको घटनामा हालसम्म मन्दिर व्यवस्थापन समितिले कुनै कार्वाही नगर्दा थप सशक्त आन्दोलनको तयारी संघर्ष समितिले गरिरहेको जनाएको छ । पीडित द्रब्यनाथ तथा संघर्ष समितिका अगुवाहरु बीच मंगलबार साँझ बृहत छलफल गरिएको छ । उक्त छलफलबाट विभिन्न निर्णयहरु गर्दै आउने दिनमा सशक्त विरोधका साथै आवश्यकता अनुसार कानुनी प्रक्रियामा समेत जाने जानकारी संघर्ष समितिका दिपक लोधले जनाएका छन् ।नेपाल शिवसेना बाँके अध्यक्ष किशोर लामाले दिएको जानकारी अनुसार नेपालको कानुन बमोजिम सूचना माग गर्ने तथा उक्त सूचना मार्फत पूजारीको नियुक्ती, पाँच वर्षसम्म मन्दिरमा भए गरेका आर्थिक हरहिसाब, बागेश्वरी मन्दिरको बिधानलगायतको सूचना मांग गर्नुका साथै मन्दिर व्यवस्थापन समिति पुर्नगठ...