
नेपालगन्ज, २ ज्येष्ठ – बाँकेको ऐतिहासिक नगरी नेपालगन्जमा रहेको बागेश्वरी शक्तिपिठका पूजारी चन्दननाथ योगीले भक्तजन तथा साधुसन्तहरु प्रति गरेको दुव्यर्वहारको घटनामा हालसम्म मन्दिर व्यवस्थापन समितिले कुनै कार्वाही नगर्दा थप सशक्त आन्दोलनको तयारी संघर्ष समितिले गरिरहेको जनाएको छ ।

पीडित द्रब्यनाथ तथा संघर्ष समितिका अगुवाहरु बीच मंगलबार साँझ बृहत छलफल गरिएको छ । उक्त छलफलबाट विभिन्न निर्णयहरु गर्दै आउने दिनमा सशक्त विरोधका साथै आवश्यकता अनुसार कानुनी प्रक्रियामा समेत जाने जानकारी संघर्ष समितिका दिपक लोधले जनाएका छन् ।
नेपाल शिवसेना बाँके अध्यक्ष किशोर लामाले दिएको जानकारी अनुसार नेपालको कानुन बमोजिम सूचना माग गर्ने तथा उक्त सूचना मार्फत पूजारीको नियुक्ती, पाँच वर्षसम्म मन्दिरमा भए गरेका आर्थिक हरहिसाब, बागेश्वरी मन्दिरको बिधानलगायतको सूचना मांग गर्नुका साथै मन्दिर व्यवस्थापन समिति पुर्नगठन गर्न विभिन्न व्यक्तिहरुसँग छलफल गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो ।

यता पीडिता द्रब्यनाथले आफू न्याय नपाउनजेलसम्म चुप लागेर नबस्ने तथा आवश्यकता अनुसार संघर्ष जारी राख्ने बताउँदै अस्ती बसेको मन्दिर व्यवस्थापन समितिको बैठकमा मलाई बोल्न लगाईयो तर पुजारी चन्दननाथ योगीमाथि कार्वाही गरिने । हामी त्यहाँ घण्टा बजाउन र खेलाउनका पसल खाली गर्नलाई कदापि बैठक बसेका थिएनौ, बताउनुभयो ।
मंगलबार गरिएको बृहत छलफलमा ३ दर्जनभन्दा बढी धार्मिक अगुवा तथा सामाजिक सेवामा रहेका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
