Tuesday, March 18सत्यम खबर
Shadow

पोखरा माता मन्दिर गौशालाबाट चोरी भएको गाई हलबल डोलीमा

नेपालगन्ज, ३१ जेठ – मंगलबार अबेर राती राप्ती सोनारी गाउँपालिका वडा नं. ७ स्थिति रहेको पोखरा माता मन्दिर लालपुर गौशालाबाट १०० बढी गाईहरु चोरी भएको थियो ।
उक्त चोरी भएको गाई जो हाम्रो देश नेपालको राष्ट्रिय जनावर समेत रहेको छ । धार्मिक ग्रन्थमा हिन्दुहरुको आस्था रहेको हुँदा कसैले गौशालाबाट गाई चोरी गरि लगेको स्थानीयहरुको आरोप रहेको थियो । तर आज डुडुवा गाउँपालिका वडा नं. ३ हलबल डोली स्थित गाउँको चौरमा करीब ६० थान गाईहरु फेला परेको अनिशकुमारले जानकारी गराउनुभयो ।


अनिशकुमारले दिएको जानकारी अनुसार ६० थान गाई हाल हलबल डोली गाउँको चौरमा (खेत) मा घास खाईरहेको अवस्थामा फेला परेको हुँदा हामीले स्थानीय बेतहनी स्थित ईलाका प्रहरी कार्यालयलाई जानकारी गराएका छौं ।
यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार भगवानपुर ईलाका प्रहरी कार्यालयले पहल गरिरहेको छ । केही दिन अगाडी मात्र गाई हराएको तथा हराएको गाई केही थान बाहेक सब फेला परेको बारे जानकारी लिने कार्य भईरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *