
काठमाण्डौ, १० असार – तिब्बती धार्मिक नेता दलाई लामालाई लिएर चीन र अमेरिकाबीच विवाद चलिरहेका बेला भारत ने सरल प्रतिक्रिया दिएको छ।
यद्यपि, भारतले यो संकेत पनि प्रस्ट गरेको छ कि दलाई लामालाई समर्थन जारी रहन्छ। लामालाई भारतमा धार्मिक र आध्यात्मिक गतिविधिधि गर्न पूर्ण स्वतन्त्रता छ।
भारतले हालै यो प्रतिक्रिया दिएको हो, यसअघि अमेरिकाको संसदीय दलको प्रतिनिधिमण्डलको टोली दलाई लामासँग भेट गरेर स्वदेश फर्किसकेको छ। पछिल्ला केही वर्ष विदेश नगएका लामा अहिले बाहिर हिँडिसकेका छन्। उनको विदेश यात्रालाई लिएर कूटनीतिक वृत्तमा चर्चा भइरहेको छ।

विदेश मन्त्रालयका प्रवक्ता रंधीर जायसवाललाई अमेरिकी प्रतिनिधिमण्डलको सात सदस्यीय टोलीले दलाई लामासँगको भेट र चीनको प्रतिक्रियाबारे सोधिएको थियो।
जवाफमा जायसवालले भने, ‘यो बारेमा अमेरिकी दलसँग सवाल गर्न सल्लाह दिन्छु।’
उनले दलाई लामाको बारेमा भने, ‘सम्मानीय दलाई लामालाई लिएर भारत सरकारको स्थिति स्पष्ट र सुसंगत छ। उहाँ एक सम्मानित धार्मिक नेता हुन् । र, भारतका जनता उनलाई गहिरो सम्मान गर्छन्। उनलाई धार्मिक र आध्यात्मिक गतिविधि संचालनका लागि स्वतन्त्रता छ।’ नेपाल पाना