Sunday, February 9सत्यम खबर
Shadow

तेस्रो मंगलबारका दिन विभिन्न स्थानमा भब्य भण्डारको साथै हनुमान चालिसा पाठ

नेपालगन्ज, २४ जेठ – धार्मिक मान्यता अनुसार जेठ महिनामा पर्ने प्रत्येक मंगलबारको दिन अति नै शुभ मानिएको छ । उक्त दिनमा दानपुण्य गरे, कोही भुखो पेटलाई खाना खुवाए अति नै पुण्य आर्जित गर्ने मान्यता रहेको हुँदा नेपालगन्ज उपमहानगरपालिका भित्र आस्थावान धार्मिक व्यक्तित्वहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी भब्य रुपले मनाउने गरेका छन् ।

oplus_0

गत मंगलबार जस्तै जेठको तेस्रो मंगलबार पनि विभिन्न स्थानमा भण्डारको आयोजना गरिनुका साथै भगवान श्रीरामका प्रिय भक्त हनुमान जीको हनुमान चालिसा पाठ समेत बाचन गरी भक्तजनहरुलाई भगवान श्रीरामको कथा समेत श्रवण गराईएको छ ।
यसैक्रम क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा स्थित धार्मिक पर्यटकीय स्थल श्री १००८ हडियाबाबा आश्रममा समेत हनुमान चालिसा पाठ समितिद्वारा ४५ आंै श्रृंखलाको आयोजना गरी भब्य रुपले भगवान श्रीरामको कथा श्रवण गराउनुका साथै भगवान हनुमान जीको पाठ समेत बाचन गरिएको थियो ।


कार्यक्रम कार्यक्रममा स्थानीय सुधिर गुप्ता, दिलीप रेग्मी, दिलीप दिक्षित लगायत ५० औं भक्तजनहरुको सहभागिता रहनुका साथै कथाको अन्त्यमा सहभागी भक्तजनहरुलाई प्रसाद वितरण गरिनुका साथै चिसो सर्बत समेत खुवाईएको थियो ।
यसैगरी त्रिभुवन चौक, सदरलाईन, न्यूरोड, वडा नं. १३ को दुर्गा माता मन्दिर लगायत स्थानमा भक्तजनहरुद्वारा भब्य भण्डाराको आयोजना गरिएको थियो ।

oplus_0


श्री बागेश्वर बालाजी परिवारद्वारा नेपालगन्ज वडा नं. १७ भृकुटीनगर पिपल चौतारा नजिक भब्य भण्डार बिहान ११ बजे आरतीपछि सुरु गरिएको थियो । सहभागी भक्तजनहरुलाई भगवानको प्रसाद वितरण गर्दै राती ७ बजेपछि कार्यक्रमलाई बिर्सजन गरिएको सहभागी आकाश गुप्ताले जानकारी गराए ।
यसैगरी राप्रपाले समेत नेपालगन्जको मुटु धम्बोझी चोकमा भक्तजनहरुको लागि प्रसादको रुपमा सर्बतको व्यवस्था गरेको थियो । गर्मीयाममा बाटो हिंड्ने बटुवाहरुलाई तिर्खा लागेको बेला समस्या नहोस भनी सर्बतको व्यवस्थापन गरिएको राप्रपा नेता हुकुम केसीले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *