
जनकपुरधाम, ९ असार – जनकपुरधाम वडा नं–१९ शिवपुर स्थित रहेको सामुदायिक विद्यालय श्री जनता माध्यमिक विधालयको ३ कठ्ठा जमिन मुिस्लम समुदायले जबरजस्ती कब्जा गर्न खोजेको तथा मस्जिद बनाउन चौतर्फी पर्खाल खडा गरेको हुँदा हाल जनकपुरधाम वडा नम्बर १९ शिवपुरको अवस्था तनावमय बनेको छ ।
यसै क्रममा हिन्दू समुदाय तथा विधालयमा अध्ययन गर्न गएका स–साना विधार्थीहरू माथि मुस्लिम समुदायले हातपात गरेको जनाईएको छ । मुस्लिम समुदायको यस्तो राक्षसी कु–कृत्यको हिन्दु सम्राट सेनाले घोर भत्र्सना गरेको छ ।

श्री जनता माध्यमिक विद्यालयले अभिभावकसहितको एक भेला आयोजना गरी उक्त कार्यको बिरोध गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । भेलामार्फत विद्यालयले जमिन कब्जा सम्बन्धी विभिन्न कार्य गर्ने निर्णय गर्दै समाज र कानून विरूद्ध गई मुस्लिम समुदायले विद्यालयको भोगाअधिकार क्षेत्रमा रहेको तथा विगतदेखि नै उक्त जमिन कब्जा गर्न खोज्दा अदालतमार्फत सो कब्जा नगर्ने निर्णय भईसकेको हुँदा अब उप्रान्त पनि अदालतले गरेको आदेशको अवहेलना हुने गरी कुनै कार्य नगर्न नगराउन अभिभावक भेलामार्फत निर्माण गरिएको छ ।
अभिभावक भेलामा त्यस बेलाको ग्राम पञ्चायत प्रधान प्रमुख स्व. गिरधारी साह तथा जिल्ला प्रशासन कार्यालयको निर्णय मुस्लिम समुदायले किन मान्दैनन् ? किन मुस्लिम समुदाय बलजफ्ती गरेर सामुदायिक विधालयको जग्गा कब्जा गर्न आतुर भएका छन ? किन मुस्लिम समुदायले कानून र सदभावनाको अवहेलना गरि रहेका छन ? मुस्लिम समुदायले किन समाजमा द्वन्द्व मचाउन र हिन्दू माथि प्रहार गर्न खोजेका छन ? जस्तो प्रश्न गरेको हिन्दु सम्राट सेनाले जनाएको छ ।
भिडियो हेर्न लिंकमा क्लिक गर्नुस
विद्यालयले गरेको बृहत अभिभावक भेलाले अदालतबाट जे निर्णय आएको छ सोही निर्णयलाई यथाशिघ्र कार्यान्वन गरी अवैध रूपमा मुस्लिम समुदायद्वारा श्री जनता मा.वि. शिवपुरको ३ कठ्ठा जग्गा कब्जा गरी अवैध संरचना भत्काई विधालयको जग्गा सुनिश्चित गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं. १९ शिवपुरमा सरकारी स्कूलको जमिनमा अवैध तरिकाले मुस्लिम समुदायद्वारा मदरसाका लागि निर्माण गरिएको पर्खाललाई एक हप्ताभित्र नगरपालिकाले हटाउने निर्णय गरेको हिन्दु सम्राट सेनाले जनाएको छ ।
उक्त अवैध संरचना आज कै मितिमा भत्किनु पर्ने जनकपुरधामका समस्त हिन्दू समाजको माग रहेको तथा हिन्दु समाजको मांगलाई वेवास्ता गरिए हिन्दु सम्राट सेना अगाडी आउने जनाईएको छ ।