क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले गर्यो शैक्षिक प्रदर्शनी
नेपालगन्ज, २२ पुस – क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले शैक्षिक सामाग्री तथा प्रयोग विधि प्रदर्शनीको आयोजना गरेको छ । बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि शैक्षिक सिकाई, क्रियाकलाप र मन्टेश्वरी विधि प्रस्तुत गरी अभिभावकहरुलाई जानकारी गराउने लगायतका उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा पठन पाठनका विभिन्न क्रियाकलाप तथा खेलकुद लगायतका गतिविधिलाई समेटिएको छ ।
मन्टेश्वरी स्कुल, अभिभावक र बालवालिका वीचको सम्बन्ध सकारात्मक र प्रभावकारी बनाउने, प्रारम्भिक बाल विकास पाठ्यक्रममा आधारित विषयवस्तु अन्तर्गतको सिकाई, सामाग्री व्यवस्थापन र सिकाई विधि प्रस्तुत गरी पुस्तक बिना पनि सिक्न सकिने अभ्यास पनि सम्भव छ भन्ने कुरा प्रदर्शनीबाट प्रमाणित हुने गरेको क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीकी संस्थापक प्रिन्सीपल खिमा थापा ले बताउनु भयो । स्थानीय कच्चा पदार्थ र खेर गएका काम नलाग्ने सामाग्री प्रयोग गर...









