डुडुवाद्धारा सामाजिक सुरक्षा भत्ता विरतण
डुडुवा १७ पुस – बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि पुससम्मको भत्ता वितरण गर्न थालिएको हो ।
वार्ड नं. २ बनकट्टीस्थित गाउँपालिकाको कार्यालयबाट भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गरि शुभारम्भ गर्दै चिसोको मौसममा नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै पुगेर भत्ता वितरणको कार्य सुरु गरेको बताउनुभयो । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई बस्तीमै बोलाएर वितरण गर्न लागेको बताउनुभयो ।
गाउँपालिकाको वडा नं. ३ र ४ का ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिएको वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो । उहाँका ...









