
नेपालगन्ज, १८ पुस – पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको कुनै उपलब्धी नदेखिएको टिप्पणी गरेका छन् । अवधी पत्रकार संघ, नेपालले बिहीबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘हामीले बाहिरै बसेर यो सरकारलाई समर्थन पनि गर्यौं, यत्रो दिन भईसक्यो कुनै सुधारको सकारात्मक सन्देशसम्म देखा परेका छैनन्, न आर्थिक, न राजनीतिक, न कानुन, न प्रशासनीक, न विकास निर्माणका कुनैपनि क्षेत्रमा उपलब्धी देखिदैन ।’

algolist: 0;
multi-frame: 1;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 22;
अध्यक्ष यादवले गणतन्त्र आएको १५ वर्ष भयो तर त्यसलाई संस्थागत हालसम्म नेपाल सरकारले गर्न नसकेको बताउँदै त्यसमा परिवर्तन ल्याउन राजनीतिक दल सफल भएपनि संस्थागत गर्न नसकी अधुरो, अपुरो रहेको बताउनुभयो ।
अध्यक्ष यादवले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्ने बताए । संविधान संशोधन गर्नुपर्ने विषयमा आफ्नो पार्टीले सुरुदेखी नै आवाज उठाएको उनको दाबी छ । संविधान संशोधन गर्दा शासकीय स्वरुप, निर्वाचन प्रणाली, समावेशिता, प्रदेशलाई अधिकार सम्पन्न गराउने कुरामा परिवर्तन गर्न आवश्यक रहेको पुर्वउपप्रधान मन्त्री यादवले बताए । संघिय लोकतन्त्रलाई नै धरापमा पार्ने चेस्टा गरिएमा जनता चुप लागेर नबस्ने अध्यक्ष यादवले बताए । मुलुकमा बहुदलिय ब्यवस्थालाई समाप्त पारेर दुई दलिय ब्यवस्थामा लैजाने षडयन्त्र पनि भइरहेको उनको आरोप छ ।

algolist: 0;
multi-frame: 1;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 34;
अवधी पत्रकार संघ नेपालका अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर एवम् पार्टीका केन्द्रिय सचिव कमरुद्धिन राई, पार्टीका नेता बाबु खाँ पठान, जसपा बाँके अध्यक्ष एवं नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष कौशलकुमार धोबी, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नबिन गिरी, पूर्व अध्यक्ष निरज गौतम, लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम सञ्चालन संघका केन्द्रिय महासचिव गुरमुरत यादव (जिएम)ले गरेका थिए ।
