
नेपालगन्ज, २१ पुस – कोहलपुरमा मुक्तिनाथ बिकास बैंकले आफनो बार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
“रक्तदान नै जीवनदान हो” भन्ने मूल उद्देश्यका साथ मुक्तिनाथ बिकास बैंक क्षेत्रीय कार्यालय कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा स्वयंसेवी रक्तदाता, बैंकका कर्मचारी लगायत महिला पुरुष गरी ८४ जनाले रक्तदान गरेका छन् ।


उक्त रक्तदान कार्यक्रममा कोहलपुर १० बिगहा स्थित नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार ईकाई केन्द्रका प्राबिधिकले सहयोग गरेका थिए प्रमुख राजेन्द्र महतराले जानकारी गराएका छन् ।
