Sunday, February 9सत्यम खबर
Shadow

क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले गर्यो शैक्षिक प्रदर्शनी

नेपालगन्ज, २२ पुस – क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले शैक्षिक सामाग्री तथा प्रयोग विधि प्रदर्शनीको आयोजना गरेको छ । बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि शैक्षिक सिकाई, क्रियाकलाप र मन्टेश्वरी विधि प्रस्तुत गरी अभिभावकहरुलाई जानकारी गराउने लगायतका उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा पठन पाठनका विभिन्न क्रियाकलाप तथा खेलकुद लगायतका गतिविधिलाई समेटिएको छ ।

मन्टेश्वरी स्कुल, अभिभावक र बालवालिका वीचको सम्बन्ध सकारात्मक र प्रभावकारी बनाउने, प्रारम्भिक बाल विकास पाठ्यक्रममा आधारित विषयवस्तु अन्तर्गतको सिकाई, सामाग्री व्यवस्थापन र सिकाई विधि प्रस्तुत गरी पुस्तक बिना पनि सिक्न सकिने अभ्यास पनि सम्भव छ भन्ने कुरा प्रदर्शनीबाट प्रमाणित हुने गरेको क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीकी संस्थापक प्रिन्सीपल खिमा थापा ले बताउनु भयो । स्थानीय कच्चा पदार्थ र खेर गएका काम नलाग्ने सामाग्री प्रयोग गरेर हस्त निर्मित सुन्दर तथा आकर्षक शैक्षिक सामाग्री तयार गर्न सकिन्छ भन्ने उदाहरण प्रदर्शनी मार्फत् अभिभावक र बालवालिकाहरुलाई पनि सचेत गराउने पनि प्रदर्शनीको अर्को सिकाई भएको मन्टेश्वरी एशोसिएसन बाँकेका सचिव समेत रहनु भएका क्रियटिभ चिल्डे«न होम मन्टेश्वरीका संस्थापक प्रिन्सीपल खिमा थापाले बताउनु भयो ।

२०७२ सालमा स्थापित क्रियटिभ चिल्डे«न होम मन्टेश्वरीले यस किसिमको प्रदर्शनी गरेको यो तेस्रो पटक हो र प्रदर्शनी मै समावेश गरिएका शैक्षिक सामाग्रीहरु स्कुलको नियमित पठन पाठनमा यही विधि अनुसार दिगो सिकाईको लागि सिकाई गराउँदै आएको कुरा स्कुलका संस्थापक अध्यक्ष रेणु शेरचनले बताउनु भयो । प्रदर्शनीमा शिक्षिकाहरुबाट तयार गरिएका शैक्षिक सामाग्री, विधि र हस्त निर्मित सामाग्रीहरु स्कुलका बालवालिकाहरु स्वयम्ले तयार गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ बेलासपुर स्थित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीको प्राङ्गणमा अत्यन्तै आकर्षक र सुन्दर रहेको आज आयोजना गरिएको उक्त प्रदर्शनीमा मन्टेश्वरी एशोसिएसन बाँकेकी अध्यक्ष दुर्गा बजगाई, एशोसियसनका सल्लाहकार वरिष्ठ पत्रकार पूर्ण लाल चुके, सोही मन्टेश्वरीका बालबालिका, अभिभावक, शिक्षिकाहरु, छिमेकीहरु, अन्य दर्शकहरु लगायत करीब १५० जना सहभागीहरुले प्रदर्शनीको अवलोकन गरेका थिए ।
मन्टेश्वरी एशोसिएसन बाँकेका अध्यक्ष अध्यक्ष दुर्गा बजगाईले बालबालिकाहरुको मानसिक, शारीरिक तथा सर्वाङ्गिण विकासका लागि यस किसिमका प्रदर्शनीले टेवा पुर्याउने बताउँदै स्वर्गीय मारिया मन्टेश्वरीको परिकल्पना र अवधारणा अनुसार विश्वभर लोकप्रिय बन्दै गएको मन्टेश्वरी शिक्षण विधि, पद्दति र सिकाईमा बालबालिहरु अझै उत्प्रेरित हुने भएकोले जिल्ला स्तरमा र बाँके जिल्लाका हरेक मन्टेश्वरी स्कुलहरुले यस खाले प्रदर्शनी आयोजना गर्दै आएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *