नेपाल क्षयरोग निवारण संस्था, बाँके जनक भण्डारीको नेतृत्वमा सर्वसम्मत
नेपालगन्ज, २७ माघ – नेपाल कै दोस्रो जेठो सामाजिक संस्था नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको शनिवार सम्पन्न २८ औं जिल्ला सभा तथा अधिवेसनले जनकराम भण्डारीको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेसनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अरुण प्रताप राणाले संस्थाको विधानको परिच्छेद उपदफा १८ अनुसार दर्ता भएको उम्मेदवारी बमोजिक निर्विरोध निर्वाचित हुनेहरुमा सभापतिमा जनकराम भण्डारी, उपसभापतिमा रचना श्रेष्ठ, सचिवमा बसन्त लामिछाने, कोषाध्यक्षमा श्यामसुन्दर अधिकारी, सहसचिवमा सन्ध्या शर्मा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा शीला शाह, पूर्णलाल चुके, सुश्री ज्ञानु श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रहलाद विश्वकर्मा र प्रशान्त श्रेष्ठ रहनु भएको छ ।
विधान अनुसार अधिवेसनले स्वास्थ्य विशेषज्ञ स्वास्थ्यक...









