Friday, February 7सत्यम खबर
Shadow

साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपालगन्ज, २२ माघ – भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज बाँके र महेन्द्र पुस्तकालय नेपालगज्जको संयुक्त आयोजनामा सरस्वती पूजा तथा बसन्त पञ्चमीको अवसरमा सोमवार साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

महेन्द्र पुस्तकालय नेपालगञ्जका सचिव मणिदेव अर्यालद्वारा सञ्चालित, महेन्द्र पुस्तकालय नेपालगञ्जका उपाध्यक्ष तथा का.ब. अध्यक्ष पंकज कुमार श्रेष्ठको अध्यक्षतामा प्रा.डा. जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा श्रीपञ्चमी (सरस्वती पूजाको) अवसरमा साहित्य सिर्जना दिवस तथा रचना वाचन सम्पन्न कार्यक्रममा सहभागी साहित्यकारहरुले समाज परिर्वतन, समाज सुधार लगायतका रचना वाचन गरेका थिए ।

प्रमुख अतिथि प्रा.डा.जीवेन्द्रदेव गिरीले माता सरस्वतीको तस्बीरमा पुष्प अपर्ण गर्नुका साथै ब्यानर वाचन गरेर कार्यक्रमको बिविधत उद्घाटन गर्नुभएको थियो । भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्ज बाँकेका अध्यक्ष इन्द्र बहादुर बस्नेतले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

महेन्द्र पुस्तकालय नेपालगन्जका उपाध्यक्ष तथा का.ब. अध्यक्ष पंकज कुमार श्रेष्ठले प्रमुख अतिथि प्रा.डा.जीवेन्द्रदेव गिरीलाई खादा लगाएर स्वागत गरेका थिए ।

प्रमुख अतिथिले प्रा.डा.जीवेन्द्रदेव गिरीले उद्घाटन गर्दै बि.सं.२०२८ साल देखि बाँके रही विभिन्न कार्यहरु गरेको, बाँकेबासी पनि रहेको बताउनु भयो र बाँके जिल्ला प्रति माया लाग्छ ।

विशिष्ट अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, बिशिष्ट अतिथि प्र्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा जिल्ला हुलाक कार्यालयका प्रमुख गोबिन्द प्रसाद पाण्डे लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

यसरी सिर्जना दिवस तथा रचना वाचन कार्यक्रममा वरिष्ठ कथाकार सनत कुमार रेग्मी, प्राज्ञ तथा पुस्तकालयका सल्लाहकार हरि प्रसाद तिमिल्सिना, प्राज्ञ सभा सदस्य शशीराम कार्की, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, वरिष्ठ लेखक नरेन्द्रजङ पिटर, प्रलेस बाँकेका अध्यक्ष पुष्पमणि प्रधान, शास्वत आचार्य स्मृति प्रतिष्ठान बाँके अध्यक्ष तथा शिक्षाबिद् किरण आचार्य, नरेन्द्र देवकोटा, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजाल, लेक प्रसाद प्याकुरेल, पुष्पा सुवेदी,चरित्रा शाह, सुनगाभा पोखरेल, बिष्णु पादुका, गणेशा कार्की, भरत बहादुर रानाभाट, ब्रकु कृष्ण बहादुर ओली, कल्पना पौडेल जिज्ञाशु, गाीला अर्यालले थारु भाषामा, इन्द्रिया गौतम, रचना वाचन गरेका थिए भने चन्द्रवती अधिकारीले सरस्वती बन्दना वाचन गरेकी थिइन ।

सो कार्यक्रममा कर्मचारी मिलन केन्द्र बाँकेको सौजन्यमा महेन्द्र पुस्तकालयका लागी तातो, चिसो, नर्मल शुद्धपानी पिउनका लागी ८० हजार रुपैयाको अकुवा गार्ड पुस्तकालयका का.ब.अध्यक्ष पंकजकुमार श्रेष्ठलाई प्र्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, बिशिष्ट अतिथि प्र्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा शास्वत आचार्य स्मृति प्रतिष्ठान बाँकेका संस्थापक प्रा.डा.जनार्दन आचार्य, भेरी साहित्य समाज केन्द्रीय समितिका कोषाध्यक्ष डा.राजकुमार थारु, विश्व हिन्दी महासभा नेपाल केन्द्रिय समितिका अध्यक्ष बिष्णुलाल कुमाल, ऋषिराम सापकोटा, मीना बराल, कविराज रेग्मी, उषा बिक, कल्पना खरेल, स्पर्श अधिकारी, पुस्तकालयका लेखापाल स्वामी दयाल गुप्ता, नैन्सी बंशकार लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *