Friday, February 7सत्यम खबर
Shadow

ईट्टा उद्योगमा छड्के, मापदण्ड अनुसार उद्योग चलाउन निर्देशन

नेपालगन्ज, १९ माघ – बाँके जिल्लामा रहेको ईट्टा उद्योगीहरुले गलत तवरले काठ दाउरा आफ्नो उद्योगमा प्रयोग गरिरहेको जनगुनासो आउन थालेपछि आज शनिबार कोहलपुर सब वन डिभिजन कार्यालय तथा नेपाल ईट्टा उद्योग व्यवसायी संघले छड्के गरेको छ ।

नेपाल ईट्टा उद्योग व्यवसायी संघ तथा सब वन डिभिजन कार्यालयद्वारा संयुक्त रुपमा गरिएको छड्केमा उद्योगीहरुले उद्योग सञ्चालन गर्दा मापदण्ड अनुसार कार्यान्वयन गरिरहेका छन् व छैनन्, सामान्य स्वास्थ्य उपचारको व्यवस्थापन छ व छैन, कामदारहरुले प्रयोग गर्ने शौचालयको व्यवस्थापन उचित छ व छैन, उद्योगमा प्रयोग हुने काठ दाउरा गलत तवरले ल्याईएको हो व सही बाटो ल्याईएको हो, त्यसको कागजातहरु, बिल, भौचर आदि दुरुस्त छ व छैनन् लगायत विषयमा छड्के गरिएको बताईएको छ ।

आज छड्के गरिएको उद्योगहरुमा कतिपय ईट्टा उद्योगहरु बन्द रहेको पाईएको थियो भने कतिपय उद्योगहरुको अवस्था आर्थिक रुपमा जर्जर रहेको समेत पाईएको थियो । छड्के हुने उद्योगहरुमा बाबा ईट्टा उद्योगको नाम परिवर्तन भई हाल न्यू नव दुर्गा ईट्टा उद्योग बैजनाथ–६ थपुवा, सञ्चालनमा नरहेको ओम ईट्टा उद्योग, देउराली ईट्टा उद्योग, त्यसैगरी, टिटिहिरिया–८ रहेको जय नव दुर्गा ईट्टा उद्योग, बैजनाथ–८ मा रहेको असल ईट्टा उद्योग जुन सञ्चालन छैन, खजुरा गाउँपालिका–८ मा रहेको एसबिआई ईट्टा उद्योग, खजुरा गाउँपालिका–८ मा रहेको जेएमएल ईट्टा उद्योग त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मा रहेको खान ईट्टा उद्योग, त्यसैगरी जानकी गाउँपालिका–६, मा रहेको न्यू शिवशक्ति ईट्टा उद्योग, कोहलपुर–७ मा रहेको राम ईट्टा उद्योग, कोहलपुर–७ मा रहेको मनकामना ईट्टा उद्योगमा आज छड्के गरिएको थियो ।

उक्त उद्योगहरुमा छड्के गरिएको कोहलपुर सब वन डिभिजन कार्यालयका प्रमुख प्रभातकुमार दाहालले जानकारी गराउँदै बाँकेमा रहेको ईट्टा उद्योगहरु मध्ये ७० प्रतिशत उद्योगहरु बन्द रहेको तथा सञ्चालनमा रहेका उद्योगहरु मापदण्ड अनुसार रहेको, केही उद्योगहरुमा बोर्ड, शौचालय लगायतको व्यवस्था नभएको हुँदा छिट्टै व्यवस्थापन गरिने बताउनुभयो ।

 

भिडियो हेर्न लिंकमा क्लीक गर्नुहोला ।

नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर ओलीले ईट्टा उद्योगीहरुले पैसा खर्च गरेर मापदण्ड अनुसार काठ दाउरा खरीद गरेको तथा काम गर्ने मजदुरहरुको लागि खान पकाउन तथा आगो तप्न काठ दाउरा प्रयोग गरिनुका साथै उद्योगमा आगो लगाउने बेलामा चिम्नी तताउन थोरै काठको प्रयोग हुने गरेको बताउनुभयो ।

यस अगावै ईट्टा उद्योगीहरुले काठ दाउरा प्रयोग नगर्ने सहमति नै गरिएको थियो । तर विगत केही महिनादेखि व्यापक जनगुनासो भएपछि डिभिजन वन कार्यालय बाँकेले घरेलु तथा साना उधोग कार्यालयलाई बाँकेमा रहेको उद्योगहरुको डाटा नै उपलब्ध गराउन पत्राचार गरेको थियो । उक्त पत्रमा दर्ता भएका दाउरारहित आधुनिक प्रविधिमा आधारित ईट्टा भट्टाहरुबाट दाउराको प्रयोग भई वातावरण प्रदुषण भएको भन्ने व्यापक जनगुनासो भएकोले सो बारे त्यहाँ कार्यालयबाट समेत तोकिएको मापदण्ड अनुसार उद्योगले पालना गरेको नगरेको अनुगमन हुनका साथै त्यहाँ दर्ता भएका ईट्टा भट्टा उद्योगहरुको नाम, ठेगाना, चालु अवस्था सहित विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन अनुरोध छ भनी पत्रमा उल्लेख गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *