
नेपालगन्ज, २६ माघ – ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघ बाँकेको दोस्रो वार्षिक उत्सव नेपालगन्ज राझा एयरपोर्ट नानापुर लायन्स पार्कमा भव्य समारोहका विच सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष जनक पहराई मगरको सभापतित्वमा कार्यक्रम भएको थियोे उक्त कार्यक्रममा बाँके जिल्लाभरीका ग्रील स्टील तथा आल्मुनियम व्यवसायहरुको उपस्थिति रहेको थियोे ।
ग्रील स्टील तथा आल्मुनियम व्यवसायी संघ बाँकेको दोस्रो वार्षिक उत्सवको अवसर पारेर विभिन्न निर्णय गरेको थियोे जस्तै : लुम्बिनी प्रदेश ग्रील स्टील तथा आल्मुनियम व्यवसाय संघले बनाउन लागेको निति नियममा सहयोग पुर्याउने, बाँके कार्यसमिति सशक्त रुपमा मजबुत बनाउने, बाँकेका सम्पुर्ण पालिका गठन गर्ने जस्ता निर्णय सँगसँगै संगठनलाई बलियो र मजबुत बनाउन बरिस्ठ सल्लाहकार र प्रेस सल्लाहकार नियुक्ति गरिएको अध्यक्ष पहराईले बताए ।
ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघ बाँके जिल्लामा सशक्त सकृय भएर निरन्तर काम गरिरहेको भन्दै लुम्बिनी प्रदेश सदस्य आबिद निहाल सिद्धिकी र बरिस्ठ सल्लाहकारमा बसन्त बोहरालाई खादा अबिर र प्रमाणपत्रले सम्मान गरिएको थियोे भने प्रेस सल्लाहकारमा अशोक थापालाई नियुक्ति गरिएको ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघ बाँकेका महासचिव सुर्य गिरिले बताउनुभयो ।