१९ जना महिलासहित ४६ जनाले गरे रक्तदान
नेपालगन्ज, १७ माघ – बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा शहिद दिवसको अवसरमा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ आयोजत रक्तदान कार्यक्रममा १९ जना महिला र २७ जना पुरुष गरी ४६जनाले रक्तदान गरेका छन् ।
१३ औंं पटक ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको सहयोग÷समन्वयमा आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यापारी, समाजसेवी, स्वयंसेवी रक्तदाता लगायत १९ जना महिला र २७ जना पुरुष गरी ४६जनाले रक्तदान गरेका छन् ।
ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद ज्ञवालीद्वारा सञ्चालित कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, शतक रक्तदाता गोपी नाथ बैश्य, उत्कृष्ठ महिला रक्तदाता सरिता ज्ञवाली र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका सचिव श्यामलाल थारु प्रतिकले प्राविधिक होमराज गि...









