Tuesday, March 18सत्यम खबर
Shadow

गाउँ-गाउँमा बालबालिकामा खेलप्रति उत्साह बढ्दो

कपिलवस्तु, २६ माघ – आजकल ग्रामीण क्षेत्र तिर खेलकुद प्रति उत्साह बढेको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ३ बसन्तपुरमा १० वर्ष माथिका बालबालिकाहरुको अन्तर वडा बैडमिन्टन खेलको उदघाटन भएको छ ।

त्रिनेत्र जनजागरण स्वास्थ परामर्श संस्थाद्वारा आयोजित सो खेलमा वडा अन्तर्गतका बालबालिकाहरुले भाग लिएका छन । सो खेलमा दुई दर्जनभन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन् । उदघाटन कार्यक्रम समाजसेवी आलोक तिवारी ‘राजु’को प्रमुख आतिथी, मुनेश्वर मा.वि.का व्यस्थापन समितीका अध्यक्ष सोनु नागबंशी, मायादेवी वडा नं ३ का निवर्तमान वडा सदस्य नवलकिशोर पाण्डेयको विशिष्ट अतिथि तथा सो संस्थाका अध्यक्ष आयुर्वेद डा. आदर्श नागवंशीको अध्यक्षतामा सम्पन्न भएको छ ।

‘स्वास्थ को लागी खेल’ नारा रहेको सो कार्यक्रममा समाजसेवी हरिद्वार यादव, अनिल मिश्रलगायत स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो। आजकाल साना भाईवहिनीहरुमा खेलप्रति उत्साह बढेको, खेललाई बालबालिकाहरुको सर्वांगिण विकासको लागि आवश्यक रहेकोले अभिभावकहरुले बालबालिकाहरुको खेलरुचि प्रति ध्यान दिनु पर्ने बताउनु भएको छ। सो खेल एक हप्तासम्म चल्ने आयोजकले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *